IME Life

समता लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाले आज पुस ११ गतेबाट १ लाख ६१ हजार ७३८ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । जसमा संस्थापक समुहको ८४ हजार ५ सय ९८ कित्ता र सर्वसाधरण समुहतर्फ ७७ हजार १ सय ४० कित्ता गरी कुल १ लाख ६१ हजार ७३८ कित्ता शेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो ।

यसअघि संस्थाले गत असोज २६ गतेदेखि मंसिर १ गतेसम्म १२ लाख १३ हजार ४४० कित्ता (२०० प्रतिशत) हकप्रद सेयर बिक्री गरेको थियो । उक्त हकप्रद सेयर जारी गर्दा सबै नबिकेपछि बाँकी रहेको सेयर लिलामी प्रक्रियाबाट बिक्रीमा ल्याएको हो ।

Prabhu
Crest

यसमा न्यूनतम अंकित मूल्य १ सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर बोलकबोल गर्नुपर्छ । यसमा एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौबाट आवेदन दिन सकिनेछ ।

त्यस्तै, यसको साखा पुतलीसडक, लगनखेल, चिप्लेढुङ्गा पोखरा, ट्राफिकचोक बुटवल, आर्दशनगर वीरगन्ज र गोल्छाचोक विराटनगर आवेदन दिन सकिन्छ । नेपाल इन्भेष्टमेन्ट बैंकको नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, दाङ, सुर्खेत, नेपालगन्ज र धनगढीबाट पनि आवेदन दिन सकिने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS