IME Life

सामाजिक सुरक्षा कोषमा ३० जनाले दिए दावी भुक्तानीको आवेदन

SPIL
NIC ASIA

काठमाडौं । सामाजिक सुरक्षा कोषमा बीमा दाबी भुक्तानीका लागि ३० जना योगदानकर्ताले निवेदन दिएका छन् । चालु आर्थिक बर्ष २०७६।७७ को पुस २० गतेसम्म कोषमा आवद्ध भएका योगदानकर्ताहरुल दाबीको लागि निवेदन दिएका छन् ।

जसमध्ये मृत्यु भएका रोजगारकर्ताका चार जना आश्रित परिवारले ‘आश्रित परिवार सुरक्षा बीमा दाबी’ परेको छ । त्यस्तै स्वास्थ्य तथा उपचार खर्च अन्तर्गत २३ जनाले दाबीको लागि निवेदन दिएका छन् । दुर्घटना बीमा अन्तर्गत तीन जना रोजगारदाताले निवेदन दिएका छन् ।

Prabhu
Crest

कोषले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ अन्तर्गत परिच्छेद २ को दफा ६ मा योगदानकर्ताको सुविधा सीमाको व्यवस्था गरेको छ ।

उक्त दफामा अस्पतालमा भर्ना भई उपचार गराउनुपर्ने योगदानकर्तालाई वार्षिक रुपमा एक लाख रुपैयाँ भर्ना भएकै अस्पतालमा सिधै भुक्तानी गर्ने व्यवस्था गरेको छ । त्यसैगरी योगदानकर्ताको श्रीमती तथा नवजात शिशुको उपचार खर्चसमेत एक लाख रुपैयाँ दाबी गर्न सकिने व्यवस्था कोषले गरेको छ ।

अस्पतालमा भर्ना भई उपचार गराउनु पर्ने अवस्था बाहेकका योगदानकर्ताहरुलाई चिकित्सकको प्रेस्किृप्सन अनुसार दफा ५ बमोजिमको सुविधा वार्षिक रुपमा बढीमा २५ हजार रुपैयाँसम्म प्रदान गर्ने व्यवस्था गरेको छ ।

योगदानकर्ताले रोजगारीजन्य दुर्घटनामा परी वा व्यवसायजन्य बाहेक अन्य रोगको उपचार गर्दा लाग्ने सम्पूर्ण खर्च कोषले व्यहोर्ने व्यवस्था कार्यविधिबाट गरिए अनुसारको दावी भुक्तानीको लागि आवेदन परेको हो ।

रोजगारीजन्य बाहेक अन्य दुर्घटना भएको अवस्थामा कोषले ७ लाख रुपैयाँसम्मको मात्र उपचार खर्च व्यर्होने व्यवस्था रहेको छ । हालसम्म कोषमा एक लाख ३२ हजार ८ सय ७२ रोजगारकर्ता सहभागी भएका छन् भने ११ हजार ८ सय ४४ रोजगारदाता आवद्ध भएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS