Prabhu Life Ad Final

मुक्तिनाथ विकास बैंकद्धारा मृतकको ऋण मिनाहा

IME PAY

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत मृतक मोहोनी माया थापा मगरको ऋणको साँवा र ब्याज बराबरको रकम मिनाहा गरेको छ ।

उक्त रकम बैंकका दमौली शाखाका शाखा प्रमुख उदयराज तिमिल्सिना, साना तथा लघुबैकिङ्ग प्रमुख धु्रव राज घिमिरे, वडा सदस्य सुर बहादुर थापाले संयुक्त रुपमा मृतकका श्रीमान श्रीभूपाल थापा मगरलाई हस्तान्तरण गरेका हुन् ।

NCHL

बैंकले दमौलीस्थित साना तथा लघु बैंकिङ्ग कार्यालयमा सदस्य रहेकी थापा मगरको मृतक थापाले उपभोग गरेको ऋणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको हो ।उक्त रकम मृतक मोहोनी माया थापा मगरको श्रीमान भूपाल थापा मगरलाई साँवा र ब्याज बापतको रकम ५४ हजार २७८ रुपैयाँ र काजकिरिया खर्च ५ हजार रुपैयाँ समेत गरी ५९ हजार २७८ रुपैयाँ चेक हस्तान्तरण गरेको छ ।

साथै, बैंकले तिर्न बाँकी रहेको दुई लाख ११ हजार ४४० रुपैयाँ कर्जा समेत मिनाहा गरेको बैंकले जनाएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x