IME Life

बैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणालीमा आबद्ध हुन विभागको आग्रह

SPIL
NIC ASIA

काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत हुन बाँकी रहेका जीवन बीमा कम्पनीहरुलाई सूचीकृत हुन आग्रह गरेको छ । विभागले पुष १८ गते एक सूचना जारी गर्दै वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत हुन बाँकी रहेका जीवन बीमा कम्पनीहरुलाई पुस २४ गते भित्र सूचिकृत हुनका लागि आग्रह गरेको हो ।

श्रम स्वीकृति प्रयोजनका लागि तोकिए बमोजिमको रकमको बीमा गर्दा प्रचलित नेपालको कानुन बमोजिम दर्ता भएका जुनसुकै बीमा कम्पनीबाट गराउन सकिने र त्यस्तो बीमा प्रिमियम वापतको रकम समेत अनलाइन प्रणालीबाट भुक्तान गर्न सकिने गरी प्रविधिक तयारी पूरा भएको विभागले जनाएको छ ।

Prabhu
Crest

विभागले बैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत हुन बाँकी रहेका जीवन बीमा कम्पनीहरुलाई विभागमा सूचीकृत हुन आउन र तोकिए बमोजिमको बीमा प्रिमियम बापतको रकम कुनै सेवा शुल्क नलिई र नकटाई अनलाइन भुक्तानी प्रणाली मार्फत भुक्तानी गर्न आग्रह गरेको हो ।

कुनै बीमा कम्पनीहरुले पहिले नै बीमा प्रिमियम बापतको रकम अनलाइन भुक्तानी गर्न कुनै सेवा प्रदायकसँग सम्झौता गरिसकेको भए सोको मेत विवरण पेश गर्नु पर्ने विभागले जनाएको छ । सूचीकृत हुनको लागि बीमा कम्पनीहरुले संस्था दर्ताको आधिकारिक कागजातको प्रतिलिपि सहित निवदेन पेश गर्नु पर्नेछ । हाल विभागमा १४ बीमा कम्पनीहरु सूचीकृत छन् । त्यस मध्ये चार बीमा कम्पनीहरुले मात्रै सेवा दिँदै आईरहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS