Prabhu Life Ad Final

स्वावलम्बन लघुवित्तको ४० प्रतिशत लाभांश पारित

IME PAY

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको आज सम्पन्न १८औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट २६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत कर नगद लाभांश गरी कूल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साधारण सभाले आ.व. २०७५/७६ को वासलात, नाफा–नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरण समेत पारित गरेको छ ।

NCHL

उक्त साधारणसभाले सर्वसाधारण सेयरधनी समूह “ख” अन्तर्गत सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकमा विष्णु प्रसाद त्रिपाठीलाई निर्विरोध निर्वा्चित गरेको छ ।

संस्थाले हालसम्म ६१ जिल्लाका १४० शाखा र उपशाखा कार्यालय तथा ९ वटा इलाका कार्यालयबाट २ लाख ४५ हजार १ सय १६ महिला ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

संस्थाको हाल चुक्ता पूँजी ६२ करोड ८८ लाख रुपैयाँ छ । २६ प्रतिशत बोनस वितरण पश्चात ७९ करोड २३ लाख ९८ हजार रुपैयाँ पूँजी पुग्नेछ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x