SKIP THIS

IK Anniversary
IME Life

युद्धको संकेत गर्दै इरानको मस्जिदमा फहराइयो रातो झण्डा, इरान र अमेरिकाबीचको युद्ध टर्ला ?

SPIL
NIC ASIA

काठमाडौं । आणविक शक्ति सम्पन्न राष्ट्र इरान र विश्व पुँजिवाद नेतृत्व गरिरहेको अमेरिकाबीचमा युद्ध भएमा त्यसले पार्ने आर्थिक, भौतिक र मानवीय क्षतिको हिसाब किताब गरेर साध्य नहोला । तर, यो यथार्थ विश्वसामू नजिकै आइरहेको देखिएको छ । अमेरिकाले इरानका एक जना प्रभावशाली सैन्य कमाण्डर कासिम सोलेमानीको हत्यापछि उत्पन्न परिस्थितिलाई सामान्यीकरण गर्ने अमेरिकी प्रयास जारी छ । इरानले दायाँबाया गरेमा उसका ५२ स्थानमा एकैसाथ हमला गर्ने चेतावनी अमेरिकाले दिएको छ ।

Prabhu
Crest

उता, इरानले भने हिजोदेखि आफ्ना मस्जिदमा रातो झण्डा फराएको छ । मुश्लिम धर्ममा इरानमा रातो झण्डा फहराउनुलाई युद्धको संकेतको रुपमा लिइन्छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इरानले रातो झण्डा फहराउनुको अर्थ युद्धको शंखघोष हो । इरानले एक साताभित्रैमा अमेरिकाका ३५ स्थानभन्दा बढि ठाउँलाई लक्षित बनाएर आक्रमणको योजना बनाएको बेलायती पत्रिका द सनले जनाएको छ । मस्जिदमा रातो झण्डा फहराएपछि अमेरिका भने सशंकित बन्न पुगेको छ । इरानी टेलिभिजनलाई उध्रित गर्दै बेलायती मेट्रो न्यूज नामक अनलाईनले प्रकाशित गरेको छ ।

उता, इरानले भने उचित बदला लिने घोषणा गरिसकेको छ । इरानी राष्ट्रपति हसन रोहानीले मृत्युको उचित बदला दिने घोषणा गरेका छन् । त्यसैगरी, इरानले अमेरिकाका विभिन्न वेभसाइटहरुमा साईबर हमला गरेको छ । घोषित रुपमा गरिएको साइबर हमलापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रकेट प्रहार गरिरहेको र मुखबाट रगत ओकल्दै गरेको फोटो राखेका छन् । इरानियन ह्याकर्स समुहले भगवानको नाममा भन्दै अमेरिकी वेभसाईटहरु ह्याक गर्दै राष्ट्रपति ट्रम्पको आपत्तिजनक तस्विर राखिदिएका छन् । अमेरिकाको फेडरल डिपोसिटरी लाईब्रेरीको वेभसाईट इरानी ह्याकरले कब्जा गरेका हुन् ।

गत बिहिवार राति बग्दादस्थित इराकको राजधानीमा रहेको विमानस्थल कारमा बाहिर निस्कदै गरेका इरानी सैन्य कमाण्डर सोलेमानीलाई अमेरिकाले ड्रोनमार्फत विमानस्थलभित्रै आक्रमण गरी हत्या गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा सोलेमानीको हत्या गरिएको अमेरिकी सेनाले जनाएको छ । उक्त घटनापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा एकै दिन ४ प्रतिशतले बृद्धि भएको थियो ।

दुई देशका बीचमा युद्धमा महाविनाश हुने अनुमान गरिएको छ । इरान आणविक शक्ति सम्पन्न राष्ट्रका साथै इलेक्ट्रोम्याग्नेनिक समेत विकास गरिसकेकोले अमेरिकालाई सबै प्रकारले चुनौति दिने दक्षता राख्दछ ।

विश्व शक्ति सन्तुलनमा सधैं मौन झै देखिएको इरान एक्लै भने छैन । रुस, कतार, टर्की, उत्तर कोरिया, क्यूबा, भेटेजुएला, सिरिया तथा चीनको सहयोग इरानलाई हुन सक्नेछ । यस युद्धले विश्वअर्थतन्त्रमा समेत ठूलो असर पार्ने अनुमान गरिएको छ । विनास, ध्वस्त गर्ने अनुमान गरिएको अमेरिका–इरानबीचको युद्ध भएमा बीमा क्षेत्रमा समेत असर पार्ने निश्चित छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS