बैंक खातामा एक करोड भेटिएपछि दीपक नेपाल पक्राउ

Citizen Life Insurance Co

काठमाडौं । बैंक खातामा एक करोड रुपैयाँ भेटिएपछि मोरङका दीपक नेपाल पक्राउ परेका छन् । कृषि विकास बैंकबाट लुटिएको एक करोड रुपैयाँ नबिल बैंकबाट निकालेर फरार भएको अवस्थामा प्रहरीले खोजि गरिरहेको थियो ।

कृषि विकास बैंकको ह्याकमा संलग्न थप अभियुक्त खोजी गर्ने क्रममा प्रहरीले दीपक नेपालको खातामा स्रोत नखुलेको एक करोड रुपैयाँ भेट्टाए लगत्तै पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाको खोजी सूचीमा रहेका दीपक नेपालको खातामा एक करोड रुपैयाँ फेला परेपछि शुक्रबार पक्राउ गरिएको हो । प्रहरीले कहाँबाट पक्राउ गरेको हो भन्ने खुलाएको छैन । नाइजेरियन मुलका भनिएका पिटर हर्मन र स्मिथको मुख्य योजनामा नेपालमा ह्याकिङदेखि अनलाइन ठगी हुने गरेको प्रहरीको अनुसन्धानमा खुलेको थियो । सो काण्डमा कृषि विकास बैंककै कर्मचारीको मुख्य संलग्नता देखिएको थियो । बैंकले हालसम्म पनि बीमा दावी नगरेको कृषि विकास बैंकको बीमा गर्ने नेको इन्स्योरेन्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार