इन्स्योरेन्स इन्स्टीच्यूट नेपालको साधारणसभा सम्पन्न

Citizen Life Insurance Co


काठमाडौं । इन्स्योरेन्स इन्स्टीच्यूटको बार्षिक साधारणसभा सम्पन्न भएको छ ।बीमा समिति मातहत रहने गरी गत वर्ष स्थापना भएको कम्पनीले गत आर्थिक वर्षको गतिविधिको बारेमा अध्यक्ष राजुरमण पौडेलले प्रतिवेदन पेश गरेका थिए ।

त्यस्तै इन्स्टिीच्यूटमा चार जना सञ्चालक नियुक्त भएका छन् । बीमक संघका अध्यक्ष तथा शिखर इन्स्योरेन्सका सिईओ दीप प्रकाश पाण्डे, नेपाल लाईफका सिईओ विवेक झा, जीवन बीमक संघका अध्यक्ष शिवनाथ पाण्डे र नेपाल इन्स्योरेन्सका सिईओ बिजय बहादुर शाह सञ्चालकमा नियुक्त भएका छन् ।

प्रथम बार्षिक साधारणसभामा अध्यक्ष पौडेलले भारतीय बीमा सम्बन्धी इन्स्टीच्यूट आईआईआईसँग सहकार्य गर्ने सम्झौता भएको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार