IME Life

सिंगापुरमा आर्थिक संकट ! २७ पुनर्बीमा कम्पनीको भविष्य के होला ?

SPIL
NIC ASIA

काठमाडौं । विश्व अर्थतन्त्रमा लामो समयदेखि आफ्नो बलियो प्रभाव राख्न सफल सिंगापुरमा आर्थिक संकट देखापर्ने संकेत परेको छ । सिंगापुरको आर्थिक बृद्धि त्यहाँको अर्थतन्त्रको इतिहासमै न्यून भएपछि आर्थिक संकट प्रक्षेपण गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

Prabhu
Crest

विश्वका शक्तिशाली २७ वटा पुनर्बीमा कम्पनीको कार्यालय भएको सिंगापुरमा आर्थिक संकटको आशंकासँगै बीमा कम्पनीहरु त्रसित बनेका छन् । सानो भूगोल भएको देश सिंगापुर औद्योगिक उत्पादन नै कूल ग्राहस्थ उत्पादनको मुख्य हिस्सा हो । विद्युतीय सामग्री उत्पादनमा मुख्य जोड दिँदै आएको सिंगापुर यसपटक विश्व बजारमा विद्युतीय सामग्री खपतमा गिरावट आएसँगै सिंगापुरमा आर्थिक संकट आएको सिएनएनले उल्लेख गरेको छ ।

सिंगापुरमा कूल २७ वटा पुनर्बीमा कम्पनीहरु रहेका छन् । कुल १८ वटा जनरल पुनर्बीमा कम्पनी, दुई वटा लाईफ इन्स्योरेन्स पुनर्बीमा कम्पनी र सात वटा संयुक्त पुनर्बीमा कम्पनीहरु रहेका छन् । आर्थिक संकटसँगै त्यहाँका बैंक तथा वित्तीय संस्थाका साथै बीमा कम्पनीहरुमाथि प्रहार हुनसक्ने विश्लेषण गरिएको छ । सिंगापुरले संकटबाट उम्कन उपाय खोजिरहेको सन्दर्भमा अहिले नै आत्तिनु पर्ने अवस्था नआएपनि बीमा कम्पनीहरुले आफ्ना सबै पुनर्बीमा सिंगापुरमा भए विविधिकरण तथा विस्तार गर्नु उत्तम हुने देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS