बैंकहरुको तरलता खिच्न १० अर्बको रिभर्स रिपो जारी गर्दै राष्ट्र बैंक

Citizen Life Insurance Co

काठमाडौं । बैंकहरुमा तरलताले भरिएपछि प्रशोचन गर्न केन्द्रीय बैंकले १० अर्बको रिभर्स रिपो जारी गर्दैछ । केन्द्रीय बैंकले सूचना निकालेर पुस १७ गते घटाघट ब्याजदरमा १० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्न लागेको हो ।

बजारमा मौद्रिक व्यवस्थापन गर्न प्रयोग हुने टुल्स केही वर्षदेखि केन्द्रीय बैंकको लागि रहर हुँदै आएको थियो । बैंकमा तरलता अभाव हुन थालेपछि केन्द्रीय बैंकले कमै मात्र रिभर्स रिपो जारी गर्न पाएको छ । बजेटरी खर्च नबढेकै अवस्थामा बैंकमा तरलता बढेको हो । आयात घटेको प्रभाव बैंकहरुमा देखिएको अनुमान गरिएको छ ।

भोलिका लागि जारी गर्न लागिएको रिभर्स रिपोमा क, ख र ग बर्गका बैंक तथा वित्तीय संस्थाहरुले भाग लिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार