कृषि विकास बैंकद्धारा जनकल्याण माध्यमिक विद्यालयलाई सहयोग

Citizen Life Insurance Co

काठमाडौं । कृषि विकास बैंकले चन्द्रागीरी नगरपालिका वडा. नं. ७ मा रहेको जनकल्याण माध्यमिक विद्यालयलाई विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । बैंकले बुधबार एक कार्यक्रम गरी आफ्नो सामाजिक सामुदायिक कार्यक्तम अन्तर्गत उक्त विद्यालयलाई ३ थान ल्यापटप, १ थान प्रोजेक्टर र १ थान साउण्ड सिस्टम उपलब्ध गराएको जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले उक्त सहयोग हस्तान्तरण गर्दै बैंकले गुणात्मक शिक्षका लागि सहयोग गरेको बताए । सिइओ उपाध्यायले नेपाली जनताको आर्थिक स्तर उकास्न तथा देशमा आर्थिक समृद्धि ल्यउन बैंकले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको समेत उनले बताए ।

कार्यक्रमका चन्द्रागीरी नगरपालिकाका मेयर घनश्याम गीरीले यस्ता कार्यक्रमले गुणात्मक शिक्षाको अभिवृद्धिका लागि महत्पूर्ण भूमिका खेल्ने तथा सूचना प्रविधिको पूर्ण सदुपयोग हुने भएकोले बैंकलाई विशेष धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार