Prabhu Life Ad Final

३ अंकले बढ्यो नेप्से, ३७ करोडमाथिको कारोबार

IME PAY

काठमाडौं । आज नेप्से सामान्य अंकले बढेको छ । नेप्से ३ दशमलव ४७ अंकले बढेर १,१६९ दशमलव ५० को विन्दुमा कायम भएको छ । फाइनान्स, निर्जीवन बीमा समुह, लाइफ इनस्योरेन्स र अन्य बाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै ९ दशमलव २२ प्रतिशतले होटल समुह बढेको छ ।

दिनभरिमा १ सय ६७ कम्पनीको ११ लाख ७५ हजार ३ सय १३ कित्ता शेयर ६ हजार १ सय ७४ पटक खरिदविक्री हुँदा ३७ करोड २९ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सबैभन्दा धेरै ओरिएण्टल होटलको २ करोड ९५ लाखमाथिको कारोबार भएको छ ।

NCHL

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ । तारागाउँ रिजेन्सी, सोल्टी होटल, हिमालयन डिस्टीलरी ,सिवम् सिमेन्ट र एनआइसी एशिया बैंकको १ करोडमाथिको कारोबार भएको छ ।

सबैभन्दा धेरै तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले झण्डै १० प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा थोरै गुडविल फाइनान्सका लगानीकताृले ५ प्रतिशतका दरले गुमाएका छन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x