IME Life

१९ जीवन बीमा कम्पनीका १८८ बीमा योजना सञ्चालनमा

SPIL
NIC ASIA

काठमाडौं । नेपालमा हाल १९ वटा जीवन बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् । सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले आआफ्ना भिन्नै खालका बीमा योजनाहरु बिक्रि गर्दै आईरहेका छन् । कूल १९ वटा जीवन बीमा कम्पनीहरुले करिब १८८ वटा बीमा पोलिसी बिक्री गर्दै आएको पाइएको छ ।

हेरौँ नेपालमा सञ्चालित जीवन बीमा कम्पनीमा रहेका बीमा योजनाहरु

Prabhu
Crest

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा १२ प्रकारका बीमा योजना रहेका छन् । इन्स्योरेन्सले सुरक्षित बीमा योजना, केटाकेटी जीवन बीमा योजना, जीवन लक्ष्मी, जीवन सारथी बीमा योजना, ग्रामीण सावधिक जीवन बीमा योजना, बाल शिक्षा बीमा योजना, जीवन सहारा, जीवन उन्नती जीवन बीमा, नौलो धन वर्षा बीमा योजना, नौलो जीवन सम्वृद्धि जीवन बीमा र स्मार्ट लाइफ इन्स्योरेन्स र नेपाल लाइफ सदाबहार जीवन बीमा योजना रहेका छन् ।

सिटिजन लाइफ इन्स्योरेन्सको पनि १२ प्रकारका बीमा योजनाहरु रहेका छन् । सिटिजन रेगुलर पे इन्डोमेन्ट बीमा योजना, सिटिजन रेगुलर पे मनि ब्याक बीमा योजना, सिटिजन अन्युअल मनि ब्याक इन्स्योरेन्स प्लान,बाल भविष्य जीवन बीमा योजना, सिटिजन जीवन सारथि बीमा योजना,सिटिजन सामुहिक म्यादि जीवन बीमा योजना, सिटिजन गु्रप टर्म इन्स्योरेन्स प्लान, क्रिटिकल इलनेश राइडर, बैदेशिक रोजगार बीमा, सिटिजन शुभारम्भ जीवन बीमा योजना रहेका छन् ।

गुराँस लाइफ इन्स्योरेन्सले ९ प्रकारका बीमा योजना बेच्दै आइएको छ । गुराँस लाइफ इन्स्योरेन्सले गुराँस सावधिक, गुराँस अग्रिम भुक्तानी, गुँरास जीवन श्री, गुराँस नौलो बाल सुरक्षा, गुराँस संजिवनि, गुराँस जीवन सुरक्षा, गुराँस वैदेशिक रोजगार, गुराँस अन्युल क्यास ब्याक र गुराँस सुरक्षित भविष्य लगायतका बीमा योजना रहेका छन् ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले १० प्रकारका बीमा योजनाहरु विक्रि गर्दै आईरहेको छ । आइएमई लाइफ इन्स्योरेन्स आइएमई सवल (सिमित भुक्तानी सावधिक) जीवन बीमा योजना, आइएमई बाल उमंग( अग्रिम भुक्तानी) जीवन बीमा योजना, आइएमई धनवर्धन जीवन बीमा योजना, आइएमई वैदेशिक रोजगार म्यादी जीवन बीमा योजना, आइएमई कल्पधन जीवन बीमा योजना, आइएमई धनवृक्ष (अग्रिम भुक्तानी) जीवन बीमा योजना, आइएमई बाल उज्ज्वल जीवन बीमा योजना (सावधिक), आइएमई सरल जीवन बीमा योजना (सावधिक), आइएमई आजीवन (सावधिक) बीमा योजना, आइएमई म्यादि लघु जीवन बीमा योजना रहेका छन् ।

त्यस्तै ज्योति लाइफ इन्स्योरेन्सले १० बीमा योजनाहरु बजारमा ल्याएको छ । ज्योति लाइफ इन्स्योरेन्स कम्पननीले सुनौलो भविष्य बाल जीवन बीमा योजना , म्यादि जीवन बीमा, ज्योति धनलाभ जीवन बीमा योजना, ज्योति सुरक्षित भविष्य जीवन बीमा योजना, सुरक्षित बचत जीवन बीमा योजना, ज्योति एकल भुक्तानी सावधिक जीवन बीमालेख, ज्योति सिमित अवधि भुक्तानी सावधिक जीवन बीमालेख, ज्योति सामुहिक म्यादि जीवन बीमा, ज्योति थ्री ट्वान्टी धन बहार जीवन बीमा र पुरक करार ( घातक रोग) बीमा योजना बिक्रि गर्दै आएको छ ।

लाइफ इन्स्योरेन्स (कर्पोरेशन एलआइसी नेपाल)ले ११ प्रकारका बीमा योजना बिक्रि गर्दै आएको छ । इन्स्योरेन्सले सावधिक जीवन बीमा योजना( केटाकेटी सावधिक जीवन बीमा, चाइड प्लान, जीवन आनन्द, बीमा किरण प्लान), धन वृष्टि, मानि ब्याक प्लान, जीवन तरंग, अमूल्य जीवन, जीवन आस्था प्लान र जीवन साथि बीमा योजना रहेका छन् ।

यसैगरी महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले १० प्रकारका बीमा योजना बजारमा ल्याएको छ । कम्पनीले महालक्ष्मी सावधिक जीवन बीमा योजना, महालक्ष्मी सरल बीमा योजना, जीवन हेरचाहा बीमा, महालक्ष्मी जीवन सुरक्षा बीमा, महालक्ष्मी वार्षिक धन फिर्ता बीमा, डबल सावधिक जीवन बीमा योजना, लगानी फिर्ता म्यादि बीमा, जीवन हेरचाह बीमा र राइडर योजना बिक्रि गर्दै आएकोे छ ।

नेशनल लाइफ इन्स्योरेन्समा बाल अमृत (सावधिक) बीमा, बाल बच्चाको शिक्षा तथा विवाह( सावधिक), अमृत वर्षा (अग्रिम भुक्तानी सावधिक), अमृत भुक्तानी, दम्पत्ति अमृत सावधिक जीवन बीमा योजना, बाल अमृत बीमा योजना, जीवन अमृत(सावधिक एंव आजिवन) र पेन्सन प्लान भविष्य वृति बीमा योजना रहेका छन् ।

प्रभु लाइफ इन्स्योरेन्समा ९ वटा बीमा योजना रहेका छन् । प्रभु लाइफ इन्स्योरेन्समाबैभब जीवन बीमा योजना, शुभ गृह जीवन बीमा योजना, अमूल्य जीवन बीमा योजना, सम्वृद्धि जीवन बीमा योजना (इन्डोमेन्ट प्लान रेगुलर, सम्वृद्धि जीवन बीमा योजना (इन्डोमेन्ट प्लान सिंगल), श्री वृद्धि, जीवन किरण, जीवन उन्नति र जीवन स्पर्श योजना रहेका छन् ।

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले ११ प्रकारका बीमा योजना हेका छन् । संस्थानले इन्डोमेन्ट लाइफ एसुरेन्स, चिल्ड्रेन्स म्यारिड एण्ड एजुकेशन इन्डोमेन्ट लाइफ एसुरेन्स, एनटिसीपेटेट इन्डोमेन्ट लाईफ एसुरेन्स, होल लाइफ एसुरेन्स, जीवन सुरक्षा, बाल उमंग, जीवन साथी, टर्म लाईफ एसुरेन्स, जीवन बन्धु र गु्रप इन्डोमेन्ट लाइफ एसुरेन्स बीमा योजना रहेका छन् ।

रिलायबल लाइफ एन्स्योरेन्समा ११ प्रकारमा बीमा योजनाहरु रहेका छन् । कम्पनीमा रिलायबल सावधिक जीवन बीमा योजना,रिलायबल उच्च शिक्षा जीवन बीमा योजना, एन्टिसिपेटेट जीवन बीमा, धनपती जीवन बीमा, बैदेशिक रोजगार बीमा, रिलायबल इन्डोमेन्ट एण्ड होल लाइफ इन्स्योरेन्स, सुलभ जीवन बीमा योजना, सजिलो जीवन बीमा योजना, माइक्रो इन्डोमेण्ट जीवन बीमा र हेल्थ इन्स्योरेन्स, रिलायबल समन्नित जीवन बीमा योजना हेका छन् ।

रिलायन्स लाइफ इन्स्योरेन्सले रिलायन्स चाइल्ड एसुरेन्स प्लान (मेरो मुटु), रिलायन्स इन्डोमेण्ट एसुरेन्स प्लान, रिलायन्स मनि ब्याक एसुरेन्स प्लान, रिलायन्स इन्डोमेण्ट एसुरेन्स कम होल लाइफ र रिलायन्स फिक्स डिपोजिट प्रोटेक्शन प्लान रहेका छन् ।

सानिमा लाइफ इन्स्योरेन्समा सानिमा सरल जीवन बीमा योजना, सानिमा दीर्घायु जीवन बीमा योजना, सानिमा धनपति जीवन बीमा, सानिमा बाल सौगात, सानिमा म्यादि जीवन बीमा, सानिमा शुभ लक्ष्मी, सानिमा जीवन श्री, सानिमा म्यादि कर्जा, सानिमा दम्पति, घातक रोगको रक्षावरण योजना र अग्रिम भुक्तानी सावधिक योजना रहेका छन् ।

सन नेपाल लाइफ इन्स्योरेन्सले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १० प्रकारका बीमा योजना बिक्रि गर्दै आईरहेको छ । क्रिटिकल इलनेश, धन लक्ष्मी जीवन बीमा, नविकरण म्यादि जीवन बीमा, सामुहिक म्यादि जीवन बीमा, धनधान्य जीवन बीमा, बाल समृद्धि जीवन बीमा, भाग्योदय जीवन बीमा, सन लाइफ इन्डोमेन्ट एसुरेन्स प्लान, नविन आजीवन जीवन बीमा र सार्थक आजीवन जीवन बीमा योजना बिक्रि गर्दै आएको छ ।

सूर्या लाइफ इन्योरन्सले ११ बीमा योजना बिक्रि गर्दै आएको छ । सूर्या लाइफ मनि ब्याक प्लान, फरेन इम्पोई लाइफ इन्स्योरेन्स प्लान, चिल्डर्नस पोलिसि, सूर्या इन्डोमेन्ट कम होल लाइफ प्लान, ग्रुप इन्डोमेन्ट पोलिसि विथ प्रोफिट, ग्रुप टर्म एसुरेन्स प्लान, लिमिटेड पेमेन्ट मनि ब्याक प्लान, लिमिटेड पेमेन्ट इन्डोमेन्ट प्लान, सूर्या इयरलि मनि ब्याक प्लान,सूर्या संसस्कृत (इन्डोमेन्ट प्लान) र सूर्या लाइफ केयर बीमा योजना रहेका छन् ।

युनियन लाइफ इन्स्योरेन्स कम्पनीमा ११ बीमा योजना हेका छन् । इन्स्योरेन्सले सिमित सावधि जीवन बीमा योजना, इन्डोमेन्ट एसुरेन्स कम होल लाइफ पोलिसि, इन्डोमेन्ट एसुरेन्स पोलिसि, गु्रप टर्म एसुरेन्स पोलिसि, चाइल्ड इन्डोमेन्ट प्लान, मनि ब्याक कम होल लाइफ एसुरेन्स प्लान, अन्युअल मनि ब्याक लाइफ इन्स्योरेन्स प्लान र लिमिटेड पेमेन्ट (इन्डोमेन्ट कम होल लाइफ प्लान) बिक्रि गर्दै आएको छ ।

प्राइम लाइफ इन्स्योरेन्सले १३ प्रकारका बीमा योजनाहरु सञ्चालनमा ल्याएको छ । कम्पनीमा प्राइम लाइफ जीवन उपहार, प्राइम लाइफ जीवन सुरक्षा, प्राइम लाइफ नारीजीवन बीमा योजना, प्राइम लाइफ सरल जीवन बीमा योजना, प्राइम लाइफ स्वर्णिम जीवन बीमा योजना, प्राइम लाइफ भविष्य वृति जीवन बीमा योजना, प्राइम लाइफ सुलभ (धनफिर्ता) जीवन बीमा योजना, प्राइम लाइफ एकल तथा निश्चित अवधि भुक्तानी जीवन बीमा योजना, प्राइम् लाइफ धनागर(धनफिर्ता) जीवन बीमा योजना, प्राइम लाइफ सुरक्षित आवा जीवन बीमा योजना,प्राइम लाइफ लघु जीवन बीमा, प्राइम लाइफ म्यादी जीवन बीमा योजना प्राइम लाइफ वैदेशिक रोजगार जीवन बीमा योजना रहेको छन् ।

एसियन लाइफ इन्स्योरेन्स कम्पनीमा इन्डोमन्ट नभ रत्न, धन समृद्धि, एशियन इन्डोमेन्ट प्लान, एशियन चाइल्ड एसुरेन्स, पेन्सन प्लान, एशियन लिमिटेड पेमेन्ट इन्डोमेन्ट प्लान र जोइन्ट लाइफ (दम्पत्ति सुरक्षा प्लस), इन्डोमेन्ट एण्ड होल लाइफ (एशियन इन्डोमेन्ट एण्ड होल लाइफ र जीवन सुरक्षा, मनि ब्याक पोलिसि (एशियन मनि ब्याक १२, एशियन मनि ब्याक १५ र एशियन मनि ब्याक २०) र टर्म इन्स्योरेन्स अन्तरगत सरल सुरक्षा बीमा योजना रहेका छन् । साथै माइक्रो इन्स्योरेन्सअन्तरगतटर्म माइक्रो इन्स्योरेन्स र इन्डोमेन्ट माइक्रो लाइफ इन्स्योरेन्स प्लान रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS