IME Life

ब्याजदरमा बैंकको मनोमानी, बेसरेट घट्दा पनि घटेन कर्जाको ब्याजदर

SPIL
NIC ASIA

काठमाडौं । नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने नेपाली बैंकिङ क्षेत्र इमान्दार नबन्दा उद्यमी, उद्योगी र लगानीकर्ताहरुले अझै राहत महसुस गर्न नसकेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नोभेम्बर महिनामा वाणिज्य बैंकहरुको आधार व्याज दर (बेस रेट), बचतको ब्याजदर घटेको छ । बेस रेट बैंकहरुले कर्जा लगानीको ब्याजदरमा भने बृद्धि गरेको देखिएको छ । रोचक कुरा त के छ भने बैंकमा पर्याप्त तरलताको कारण अन्तरबैंकको ब्याजदर समेत घटेर झण्डै आधामा झर्दा समेत बैंकहरुले कर्जाको ब्याजदरमा बृद्धि गरेर आफ्नो बेईमानी नियत प्रदर्शन गरेका छन् ।

Prabhu
Crest

नोभेम्बर २०१९ सम्म वाणिज्य बैंकहरुको आधार व्याज दर शुन्य दशमलव ०६ अंकले कम हुँदै ९ दशमलव ५ प्रतिशतमा झरेको छ । वचत तर्फको व्याज दर पनि केही घटेको छ । वचतको व्याज दर शुन्य दशमलव ०३ अंकले घट्दै ५ दशमलव ०६ प्रतिशत पुगेको छ । बचतमा ब्याजदर घटाएका बैंकहरुले कर्जामा भने ब्याजदर बृद्धि गर्नु खराव नियतको झल्को दिएको छ ।

तथ्याङ्क स्रोतः नेपाल राष्ट्र बैंक

सानो भल्युमा बचत हुने मुद्दति निक्षेपको ब्याजदर केही प्रतिशत बढाएको देखाएर बचतको ब्याजदर भने घटाएका छन् । यद्यपि समग्र निक्षेपको व्याज दर भने शुन्य दशमलव ०६ अंकले वृद्धि हुँदै ६ दशमलव ८१ प्रतिशत पुगेको छ ।

कर्जाको ब्याजदर गणनामा सबैभन्दा धेरै भूमिका खेल्ने बचतको ब्याजदर, आधार ब्याजदर र अन्तर बैंक ब्याजदर समेतमा घटेको तथ्याङ्क चित्रलाई नजरअन्दाज गर्दै कर्जाको ब्याजदर भने शून्य दशमलव ०९ अंकले बृद्धि भएको छ । कर्जाको दर शुन्य दशमलव ०९ अंकले वृद्धि हुँदै १२ दशमलव ०७ प्रतिशत पुगेको छ। यसले लगानीको वातावरण अझै बन्न नसकेको देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS