IME Life

सफल बीमा अभिकर्ता बन्नका लागि पढनुपर्ने १० पुस्तक

SPIL
NIC ASIA

काठमाडौं । बीमा कम्पनी र बीमा गर्ने व्यक्तिबीच भएको एउटा कानुनी करार नै बीमा अभिकर्ता हो । जसमा बीमितले निश्चित रुपले एकैपटक वा किस्ताबन्दीका रुपमा पटक–पटक निश्चित बीमाशुल्क बुझाए बापत बीमकले निजको मृत्यु भएमा निजको परिवारलाई वा बीमा अबधीपछि निजलाई नै बीमाङ्क रकममा बोनस थप गरी रकम फिर्ता दिने सम्झौता भएको हुन्छ ।
बीमा कम्पनीहरुको मेरुदण्डको रुपमा बीमा अभिकर्ताहरुलाई लिने गरिन्छ । कम्पनीहरुको व्यापार बृद्धिमा अभिकर्ताहरुको मुख्य भुमिका हुने गर्दछ । यद्यपी बीमा व्यवसायको मुख्य पात्रका रुपमा परिचित बीमा अभिकर्ताहरुले आफुलाई जहिले पनि शसक्त रुपमा लिनुपर्ने हुन्छ । जसका लागि अभिकर्ताले अध्ययन गर्नु निकै जरुरी हुन्छ ।

अभिकर्ताहरुले आफुलाई अब्बल र शसक्त बनाउनका लागि विभिन्न खोज, विषेश ज्ञाण तथा अध्ययन आवश्यक पर्दछ । त्यसकारण एउटा सफल तथा उत्कृष्ट अभिकर्ता बन्नका लागि यी १० पुस्तकहरु पढ्नु निकै प्रभावकारी हुन्छ

Prabhu
Crest

१ द साइकोलोजी अफ सेलिङ (The Psychology of Selling) 
यो पुस्तक ब्रायन ट्रेसीले लेखेको पुस्तक हो । यो पुस्तक बीमा अभिकर्ताहरुको लागि निकै उपयोगी पुस्तक हो । यस पुस्तकको उद्देश्य अभिकर्ताहरुलाई बिचार, विधि, रणनीति, प्रविधिहरूको बारेमा जानकारी दिनु हो । यो पुस्तक बढेर अभिकर्ताहरुले अझ बढी पोलिसीहरु छिटो बिक्री गर्नलाई सजिलो बनाउन सहयोग गर्नेछ ।

२ टल्किङ् टु स्ट्रेन्जर्स (Talking to Strangers: The Adventures of a Life Insurance) यो पुस्तकका लेखक जीवन बीमा अभिकर्ता पिटर रोशेनगार्ड हुन् । यो पुस्तक उने आफु बीमा अभिकर्ता हुँदा भोगेका आफ्ना विभिन्न रोचक अनुभुतिहरुलाई समेटेर तयार पाएिको पुस्तक हो । उनले धेरैभन्दा धेरै बीमा पोलिसीहरु कसरी विक्री गर्ने, बीमा पोलिसीहरुको बारेमा कसरी मानीसहरुलाई बुझाउँदा खरिद गर्छन भन्ने कुराहरुलाई समेटेर यो पुस्तक तयार पारिएको हुनाले अभिकर्ताका लागि यो पुस्तक पनि महत्वपुर्ण छ ।

३. थिङ्क एण्ड ग्रो रिच (Think and Grow Rich ) यो पुस्तकका लेखक नेपोलियन हिल हुन् । उनल यो पुस्तकमा बीमा वा बिक्रीको बारेमा प्रत्यक्ष रुपमा केही नलेखिएता पनि यो पुस्तकले अभिकर्ताहरुलाई सकारात्मक उत्प्रेरण मिल्ने बताएका छन् ।

४ द म्याजिक अफ थिकिङ्क बिग (The Magic of Thinking Big) यो पुस्तक डेभिड श्वटेर्जटले लेखेका हुन् । डेभिड भन्छन् यो किताब विश्वभर बीमा अभिकर्ता पेशाबाट सफल भएका बीमा अभिकर्ताको झोलामा सदा रहने गरेको छ । पुस्तकले अभिकर्ताहलाई बिक्री बढाउन, कार्य व्वस्थापन गर्न, धेरै आम्दानी गर्न र आफुमा रहेको डर कम गर्दै सफल व्यवसायी बन्न सहयोगी बन्ने बताउछन् ।

५ लाईफ इन्स्योरेन्स कोइशन एण्ड एन्सर (Questions and Answers on Life Insurance) एन्थनी स्टियरद्धारा लिखित यो पुस्तक अभिकर्ताहरुको लागि निकै उपयोगी भएको बताएका छन् । यो पुस्तकमा बीमा अभिकर्ताको सम्भावनामाथि गहन रुपमा विश्लेषण गरिएको जनाएको छ ।

६ पावर पोजिशन योर एजेन्सीः विल्डङ अ सक्सेसफुल एजेन्सी (Power Position Your Agency: Building a Successful P&C Agency) यो पुस्तक ट्रोओए कोर्षकाडेनले लेखेका हुन् । यदि तपाईं जीवन र स्वास्थ्य मात्र बेच्नुहुन्छ, तपाईं यो पुस्तक पढेर लाभ उठाउन सक्नुहुनेछ भनेर कोर्स काडेनले भनेका छन् । राम्रोसँग लेखिएको छ र यसले प्रतिस्पर्धी बजारमा तपाईंको एजेन्सीको स्थिति निर्धारणमा धेरै सहयोग गर्दछ उनले भनेका छन् ।

७ द न्यु लाईफ इन्स्योरेन्स इन्भेष्टमेन्ट एडभाईजर (The New Life Insurance Investment Advisor) बेन बाल्डवीनद्धारा लिखित यो पुस्तक ग्राहकको मनोविज्ञान बुझ्न र बीमा अभिकर्ताले कस्तो खालको निर्णय गर्नुपर्छ भन्ने विषयमा केन्द्रीत रहेर लेखिएको छ । त्यसकारण बीमा अभिकर्ताहरुले यो पुस्तक अध्ययन गर्नु उपयोगी छ ।

८ सिक्रेट अफ सक्सेसफुल इन्स्योरेन्स सेल्स (Secrets of Successful Insurance Sales) यो पुस्तक ज्याक किन्डर र ग्यारी किन्डरले लेखेका हुन् । उक्त पुस्तकमा बिक्रीका खतरनाक सुत्रहरु नभए पनि तपाई हामीले सधैं लापरवाही गर्दै आएका साना कुराहरलाई सुन्दर तरिकाले प्रस्तुत गरिएको लेखक बताउछन् ।

९. द वेज हाउ टु स्टप सेलिगं एन्ड स्टार्ट विनिगं (The Wedge: How to Stop Selling and Start Winning) यो पुस्तक रेन्डी श्चवान्टजले लेखेका हुन् । यो पुस्तकले अभिकर्ताहरुलाई प्रतिस्प्रर्धात्मक बजारभन्दा पर गएर कसरी विजेता बन्न सकिन्छ भन्ने कुरा सिकाउन मद्दत गर्दछ । त्यसकारण आजको प्रतिस्पर्धी बजारमा सफल अभिकर्ता बन्नको लागि यो पुस्तक महत्वपुर्ण छ ।

१०. गो फर नो, एस इज द डेस्टिनेशन, नो इज हाउ यु गेट देयर (Go for No, Yes is the Destination, No is How You Get There) यो पुस्तकको लेखक रिर्चड फेन्टन हुन् । यो पुस्तकले अभिकर्ताहरुलाई जति धेरै मात्रामा नो प्राप्त हुन्छन् त्यति नै मात्रामा एस प्राप्त हुन्छन् भन्ने कुरा सिकाउन मद्दत गर्दछ । त्यसकारण अभिकर्ताहरुलाई ग्राहकबाट नो भन्ने शब्द आएपनि हिम्मत भने हार्न नहुने सन्देश यो पुस्तकले दिनेछ ।

यो किताब इन्टरनेटबाट खोजेर पढ्न सकिन्छ ।           

                                                                                                  प्रस्तुती :नानु खड्का (निर्जला)

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS