Prabhu Life Ad Final

राष्ट्रिय बीमा कम्पनीमा बिज्ञ सञ्चालक नियुक्त, सिईओ नियुक्ती प्रक्रिया छिट्टै सुरु गरिने

IME PAY

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको सञ्चालक समितिको बैठकले बिज्ञ सञ्चालक नियुक्त गर्ने निर्णय गरेको छ । कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले यादवमणि उपाध्यायलाई बिज्ञ सञ्चालकको रुपमा नियुक्त गर्ने निर्णय गरेको हो । राष्ट्रिय बीमा कम्पनीका अध्यक्ष उमेशचन्द्र उपाध्यायले नयाँ बिज्ञ सञ्चालक नियुक्त गरेको पुष्टि गरेका छन् ।

यसैबीच, राष्ट्रिय बीमा कम्पनीले रिक्त सिईओ तथा डिसिईओ नियुक्ती प्रक्रिया छिट्टै सुरु गर्ने जनाएको छ । कम्पनीका अध्यक्ष उपाध्यायले राष्ट्रिय बीमा संस्थानसँगको पुरानो करको लफडाको कारण काम गर्न अप्ठेरो भएको बताउँदै अब नयाँ स्वरुपमा कम्पनीले काम कारवाही अघि बढाउने बताए ।

NCHL

राष्ट्रिय बीमा कम्पनी स्रोतका अनुसार आगामी सञ्चालक समितिको बैठकमा नयाँ सिईओ नियुक्तीको लागि प्रक्रिया सुरु गर्ने प्रस्ताव लैजाने तयारी भएको छ । अध्यक्ष उपाध्यायले पनि एक।दुई साताभित्रैमा नयाँ सिईओ नियुक्तीको लागि प्रक्रिया सुरु गरिने बताए ।

सिईओको नियुक्तीसँगै रिक्त डिसिओहरु समेत पदपूर्ति गरिने कम्पनीले जनाएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x