Prabhu Life Ad Final

पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

IME PAY

काठमाडौं । आज एकै दिन पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बुधबार एकैदिन पाँच कम्पनीहरुले साधारण सभा तथा गत आर्थिक वर्षको मुनाफाबाट घोषित लाभांश वितरणका लागि शेयरधनी दर्ता किताब बन्द गर्दैछन । त्यसकारण आजसम्म कायम शेयरधनीले मात्र लाभांश पाउन सक्नेछन् ।

ज्योति विकास बैंक, सिन्धु विकास बैंक, गुडविल फाइनान्स, समीट लघुवित्त र नेपाल सेवा लघुवित्तले भोली एकैदिन शेयरधनी दर्ता किताब बन्द गर्ने भएका छन् । यी पाँच वटै कम्पनीले यहि पुस २९ गते साधारण सभा सम्पन्न गर्दैछन् ।

NCHL

ज्योती विकास बैंकले साधारण सभाबाट सञ्चालक समितिले शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको १२.७५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव अनुमोदन गर्नेछ ।

सिन्धु विकास बैंकले शेयरधनीलाई ११.५१ प्रतिशत बोनस शेयर र बोनसको करका लागि ०.५७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जुन साधारण सभाबाट अनुमोदन हुनेछ।

यसैगरि समीट माइक्रोफाइनान्सको साधारण सभामा २१.१० प्रतिशत बोनस शेयर र बोनसको करका लागि १.११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ

नेपाल सेवा लघुवित्तले २.५० प्रतिशत बोनस शेयर र ०.१२५ प्रतिशत नगद लाभांश अनुमोदन गर्दैछ ।

यस्तै गुडविल फाइनान्सले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई अनुमोदन गर्नेछ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x