IME Life

कालिका र जनसेवी लघुवित्तको पुस २३ गतेदेखि एकीकृत कारोबार

SPIL
NIC ASIA

काठमाडौं । कालिका लघुवित्त र जनसेवी लघुवित्तको पुस २३ गतेदेखि एकीकृत कारोबार शुरु हुने भएको छ । यी संस्थालाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले गत पुस २ गते अन्तिम स्वीकृती दिएको थियो ।

त्यस्तै, कम्पनी रजिष्ट्रारको कार्यालयले गाभिने संस्थाको सम्पूर्ण सम्पत्ती तथा दायित्व गाभ्ने संस्थाले सकार्ने व्यहोर्ने गरी पुस ११ गते स्वीकृति दिएको थियो ।

Prabhu
Crest

गत कात्तिक २५ गते सम्पन्न यी दुबै लघुवित्तको विशेष साधारण सभाले एकआपसमा गाभ्ने÷गाभिने प्रस्ताव पारित गरेको थियो। मर्जरपश्चात बनेको संस्थाको नाम कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड रहनेछ भने लघुवित्तको रजिष्टर्ड कार्यालय वालिङ्ग–८, स्याङ्गजामा जनाइएको छ । दुबै लघुवित्त एक बराबर एक स्वाप रेशियोका गाभिएका हुन् ।

कालिका लघुवित्त र जनसेवी लघुवित्तले गत जेठ ५ गते एक आपसमा गाभ्ने गाभिने सम्झौता गरेका थिए।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS