गाउँ छिर्न थाले चिनियाँ ह्याकर, चितवनबाट दुई जना पक्राउ

Citizen Life Insurance Co

काठमाडौं । नेपालका १८ वटा बैंकका एटिएम कार्डबाट जति पनि पैसा निकाल्न मिल्ने गरी फ्रि बनाएर बैंकहरुको सिष्टम ह्याक गरेको धेरै भएको छैन । तर, अझै पनि चिनियाँ नागरिकहरु नेपालमा बसेर साईबर आक्रमणको योजना बनाउदै गरेको खुलासा भएको छ ।

चिनियाँहरुको अवाञ्छित गतिविधि बढ्दा नेपाली बैंकिङ क्षेत्रमा भने साईबर आक्रमणको जोखिम बढ्दै गएको छ । चिनियाँहरु राजधानी काठमाडौंमा मात्रै नभएर गाउँ गाउँमा पुगेर साईबर आक्रमणको योजना बनाउन बैंक तथा वित्तीय क्षेत्र झनै जोखिममा बढेको हो । काठमाडौंमा प्रहरी अप्रेशन तीव्र बनेपछि चिनियाँ ह्याकरहरु चितवन पुगेर आफ्ना गतिविधि सञ्चालन गर्न थालेका छन् ।

सो क्रममा २ चिनियाँ नागरिक पक्राउ परेका छन् । काठमाडौंको मनमैजु, महाराजगन्ज र बूढानीलकण्ठबाट १२२ चिनियाँ नागरिक पक्राउ परेपछि उनीहरुको कनेक्सन खोज्ने क्रममा चितवनसम्म पुगेको हो । चितवनमा ३० हजार भाडामा दिइरहेको घरका लागि मासिक २ लाखभन्दा बढि भाडा दिने गरी सम्झौता गरी घरभित्र शंकास्पद गतिविधिको आशंकमा प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार