IME Life

कृषि विकास बैंकद्धारा ग्रिनहिल सिटी समाजलाई सहयोग

SPIL
NIC ASIA

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले ग्रिनहिल सिटी समाज कागेश्वरी मनोहरा न.पा. वडा नम्बर ६, मुलपानी, काठमाडौंलाई सहयोग गरेको छ । बैंकले आफ्नोसंस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त समाजलाई ६० थान डस्टबिन हस्तान्तरण गरेको जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले समाजका अध्यक्ष बिश्वराज पौडेल (किरण) लाई आईतबार एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन् । प्रमुख कार्यकारी अधिकृत उपाध्यायले बाताबरण संरक्षण लगायत विविध क्षेत्रमा बैंकले सहयोग गरिरहेको बताए ।

Prabhu
Crest

समाजका अध्यक्ष बिश्वराज पौडेल (किरण)ले यस्तो सहयोगले समाजको सरसफाई कार्यमा थप सहयोग पुग्ने बताउंदै बैंक परिवारलाई धन्यवाद ब्यक्त गरे । कागेश्वरी मनोहरा नगर वडा नम्बर ६ का अध्यक्ष प्रकाश फुयालले आफ्नो वडा भित्रको सरसफाई कार्यमा सहयोग आएकोमा खुसी ब्यक्त गरे ।

कार्यक्रममा बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदी, ३ नम्बर प्रदेशका निर्देशक सुन्दर खतिवडा, समाजका पदाधिकारीहरु लगायत समाजका सदस्यहरको उपस्थिति रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS