IME Life

रुपा गाउँपालिकामा घुम्ती बीमा, बीमा समितिका अध्यक्षले गरे उद्घाटन

SPIL
NIC ASIA

काठमाडौं । कास्की जिल्लाको रुपा गाउँपालिकामा घुम्ती बीमा सञ्चालन गरिएको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले घुम्ती बीमाको शनिबार उद्घाटन गरेका छन् । रुपा गाउँपालिकाका जनतालाई छरितो र सरल तरिकाबाट बीमा सेवा प्रवाह गर्न घुम्ती बीमा सेवा प्रभावकारी हुने बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बताए । रुपा गाउँपालिकाको कार्यालय रहेको भिरचोकमा आयोजित कार्यक्रममा अध्यक्ष चापागाईले बीमाको महत्वबारे प्रकाश पार्दै स्थानीय जनतालाई बीमा गर्न आग्रह गरे ।

एक सयभन्दा बढि स्थानीय जनता, जनप्रतिनिधिहरु सहभागी कार्यक्रममा अध्यक्ष चापागाईले दावी भुक्तानी अझै सरल र छिटो बनाउने बताउँदै बीमा कम्पनीका शाखाहरु देशैभरि फैलिएको  ग्रामिण तहसम्म बीमाको प्रचार प्रसार गर्न आवश्यक रहेको बताए ।

Prabhu
Crest

कार्यक्रममा रुपा गाउँपालिकाका अध्यक्ष नबराज ओझाले सर्वसुलभ रुपमा बीमा सेवा उपलब्ध गराउन माग गरे । अध्यक्ष ओझाले बीमा कम्पनीहरुलाई आफूहरु सहयोग गर्न तयार रहेको बताउँदै दावी भुक्तानी र बीमा शुल्क भुक्तानीमा सरलता हुनुपर्ने माग राखे । कार्यक्रम सिद्धार्थ इन्स्योरेन्सको आयोजनामा सम्पन्न भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS