Prabhu Life Ad Final

सशस्त्र प्रहरीका गोताखोरहरुको निःशुल्क दुर्घटना बीमा

IME PAY

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका गोताखोर तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुको निःशुल्क सामुहिक दुर्घटना बीमा गरिएको छ । उनीहरुको सम्पूर्ण बीमा शुल्क नेशनल इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तर दायित्व अन्तर्गत बहन गर्ने गरी बीमा गरिएको हो । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा पौष ११ गते आयोजित एक कार्यक्रमका बीच नेशनल इन्स्योरेन्स कम्पनीसँग सशस्त्र प्रहरीले सम्झौता गरेको हो ।

NCHL

सशस्त्र प्रहरी बलका गोताखोरहरुको बीमा गर्ने कार्य वि.सं. २०७४ सालदेखि सुरु गरिएको हो । उद्धारको क्रममा वा दुर्घटनामा मृत्यु भएमा दुई लाख रुपैयाँ दावी भुक्तानी हुने गरी बीमा गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सो कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापालाई नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालका प्रमुख कार्यकारी अधिकृत अरुण कौशलले बीमा पोलिसी हस्तान्तरण गरेका छन् । नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालको ४६ औं वार्षिकोत्सवको अवसरमा कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत बीमा पोलीसी प्रदान गरिएको सो कम्पनीले जनाएको छ ।

कम्पनीले तालिम प्राप्त ३८ जना गोताखोरको सामूहिक दुर्घटना बीमा गरिएको जनाएको छ । गोताखोरहरुलाई शुक्रबार नै उक्त बीमा पोलिसी हस्तान्तरण गरिएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x