सानिमा बैंकको ग्राहकलाई ब्लु क्रस अस्पतालमा बिशेष छुट

Citizen Life Insurance Co

काठमाडौं । सानिमा बैंकका ग्राहकले ब्लु क्रस अस्पतालमा सहज र सुलभ रुपमा नै कार्ड मार्फत भुक्तानी गर्न सक्ने भएका छन् । उक्त सम्झौता बैंकको तर्फबाट प्रमुख डिजिटल बैंकिङ, विक्रम श्रेष्ठ र अस्पतालको तर्फबाट सदस्य सचिव कार्यकारी व्यवस्थापन समिति रजत श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले ब्लु क्रस अस्पतालको साझेदार रहेका नेपालका विभिन्न अस्पतालमा उपचारको क्रममा सहज रुपमा भुक्तानी गर्न गरी बैंक र अस्पतालले सम्झौता गरेका छन् । साथै बैंकका ग्राहकले कार्ड प्रयोग गरी विभिन्न उपचार खर्चमा १० प्रतिशतसम्म छुट पाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार