Prabhu Life Ad Final

भरतपुरमा लघुबीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

IME PAY

चितवन । भरतपुरमा लघुबीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल बीमक संघको सहयोग र शिखर इन्स्योरेन्सको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा भरतपुर महानरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष बावुराम अधिकारीले अति विपन्न र सिमान्तकृत समुदायको बीमा गर्न वडा अगाडी बढ्ने बताए । साथै, न्यून आए भएका मानिसहरुलाई बीमा आवश्यक रहेको भन्दै अधिकारीले ग्रामीण तहमा बीमाका कार्यक्रम लैजान अनुरोध समेत गरे ।

NCHL

शिखर इन्स्योरेन्सका जनरल म्यानेजर पुष्कर महतले बिहान बेलुका हात मुख जोड्न गाह्रो रहेकाहरुलाई लघु बीमा आवश्यक रहेको तथा आर्थिक अवस्था कमजोर भएकाहरुको सारथी भएको भन्दै अब लघु बीमा कम्पनीहरु ग्रामीण क्षेत्रमा समेत जानुपर्ने बताए ।

कार्यक्रममा निप्स चितवनका अध्यक्ष भरत मल्लले लघुबीमाको प्रवर्धनका लागि बीमा कम्पनीहरु तथा स्थानिय निकायको भूमिका महत्वपूर्ण हुने धारण व्यक्त गरे ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x