रिलायन्स लाइफले ६३ करोडको आईपीओ निष्कासन गर्ने

Citizen Life Insurance Co

काठमाडौं । रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनीले आईपीओ निष्कासनको प्रकृया अघि बढाएको छ । कम्पनीले हाल कायम रहेको पुँजीको ३० प्रतिशत अर्थात ३३ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासनको प्रकृया अघि बढाएको हो ।

कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई ईक्रा नेपालले ग्रेड ४ रेट दिएको छ भने, कम्पनीको बिक्रि प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।

कम्पनीको हालको अधिकृत पुँजी ३ अर्ब र जारी पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । एक अर्ब ४७ करोड रुपैयाँ संस्थापक शेयरधनीबाट चुक्ता पुँजी कायक गरिसकेको कम्पनीले ६३ करोड रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार