IME Life

९८ मानिस चढेको जहाज कजाकस्तानमा दुर्घटनाग्रस्त, ८० जनाको जीवितै उद्धार

SPIL
NIC ASIA

काठमाडौं । शुक्रबार विहान कजास्तानको एउटा विमान दुर्घटनाग्रस्त हुँदा सो जहाजमा सवार १४ जनाको मृत्यु भएको छ भने कम्तीमा ८० जनाको जीवितै उद्धार गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

चालक दलका सदस्यहरु सहित कूल ९८ जना यात्रु लिएर कजाकस्तानको अल्मेटी विमानस्थलबाट नुरसुल्तानका लागि उडेको बेक एयरको जहाज धावनमार्ग छोडेको एक मिनेटभित्रै दुर्घट्नाग्रस्त हुन पुगेको थियो । हिऊले भरिएको बस्ती नजिकैको खेतमा बजारिएको जहाज टुक्रा टुक्रा भएको छ । यद्यपि जहाजमा आगो नलागेको कारण मानवीय क्षति भने कम भएको छ ।

Prabhu
Crest

उडान नं जेड–९२१०० नम्बरको जहाजले एक हजार फिटको उचाई लिएपछि जमिनतर्फ झरेको जनाइएको छ । घाइतेहरु बालबालिका, महिला समेत रहेको जनाइएको छ उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाको ठूलो रकम बीमा दावी पर्ने देखिएको छ । यद्यपि ठूलो संख्यामा यात्रुहरुको जीवितै उद्धार गरिएकाले करोडौ रुपैयाँ बीमा दावी भुक्तानी बचेको छ । हवाई दुर्घटना बीमामा पुनर्बीमा कम्पनीमाथि बढि पार पर्नेहुन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS