बोनसपछि आरएमडिसी लघुवित्तको शेयर मूल्य समायोजन

Citizen Life Insurance Co

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको बोनस शेयरका लागि गरिएको बुक क्लोजपछिको शेयर मूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्जले शुक्रबार समायोजनपछिको नयाँ कारोबार मूल्य तय गरेको हो ।

आरएमडिसी लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १२.५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको थियो । सो प्रस्तावसँगै बिहिवार बुक क्लोज गरेको कम्पनीको शुक्रबार नयाँ शेयर कारोबार मूल्य तय भएको हा । नेपाल स्टक एक्सचेन्जले नयाँ मूल्य प्रतिकित्ता ५३६ रुपैयाँ कायम गरेको छ ।

पुस २३ गते वार्षिक साधारण सभा बोलाएको कम्पनीले १२.५ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव अघि बढाएको छ भने कूल ७९ करोड ९३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनस शेयर वितरण पश्चात पूँजी ८९ करोड ९३ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार