समता लघुवित्तको १ लाख ६१ हजार कित्ता सेयर लिलामी बिक्री खुला

Citizen Life Insurance Co

काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाले आज पुस ११ गतेबाट १ लाख ६१ हजार ७३८ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । जसमा संस्थापक समुहको ८४ हजार ५ सय ९८ कित्ता र सर्वसाधरण समुहतर्फ ७७ हजार १ सय ४० कित्ता गरी कुल १ लाख ६१ हजार ७३८ कित्ता शेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो।

यसअघि संस्थाले गत असोज २६ गतेदेखि मंसिर १ गतेसम्म १२ लाख १३ हजार ४४० कित्ता (२०० प्रतिशत) हकप्रद सेयर बिक्री गरेको थियो । उक्त हकप्रद सेयर जारी गर्दा सबै नबिकेपछि बाँकी रहेको सेयर लिलामी प्रक्रियाबाट बिक्रीमा ल्याएको हो ।

लिलामी सेयरमा पुस २२ गतेसम्म आवेदन दिन पाइनेछ । यसमा न्यूनतम अंकित मूल्य १ सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर बोलकबोल गर्नुपर्छ । यसमा एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौबाट आवेदन दिन सकिनेछ ।

साथै, शाख कार्यालय पुतलीसडक, लगनखेल, चिप्लेढुङ्गा पोखरा, ट्राफिकचोक बुटवल, आर्दशनगर वीरगन्ज र गोल्छाचोक बिराटनगर आवेदन दिन सकिन्छ । नेपाल इन्भेष्टमेन्ट बैंकको नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, दाङ, सुर्खेत, नेपालगन्ज र धनगढीबाट पनि आवेदन दिन सकिन्छ । यस्तै, ग्रीन डेभलपमेन्ट बैंक हरिशंखर रोड, बाग्लुङ शाखाबाट पनि लिलामी सेयरमा आवेदन दिन सकिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार