सनराइज बैंकको नयाँ शाखा ताप्लेजुङको फुङलिङमा

Citizen Life Insurance Co

ताप्लेजुङ । सनराइज बैंकले देशका विभिन्न भागमा शाखा विस्तार गर्ने क्रममा ताप्लेजुङ स्थित फुङलिङमा १२९ औं शाखा संचालनमा ल्याएको छ ।

उक्त शाखाको उद्घाटन फुङलिङ नगरपालिकाका मेयर क्षत्रपटी प्याकुरेल र प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले संयुक्त रुपमा गरे ।

हालसम्म सनराइज बैंकले १२९ वटा शाखा, ४० वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४९ वटा ए.टि.एम मार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार