महिला सहयात्रा लघुवित्तको लाभांस संसोधन

Citizen Life Insurance Co

काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले घोषण गरेको गत आर्थिक बर्षको लाभांश संसोधन गरेको छ । कम्पनीले यस अघि घोषणा गरेको बोनस यथाव्त राखेर नगद लाभांस घटाएको छ ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले अब गत वर्षको नाफाबाट १० प्रतिशत बोनस र ७।५० प्रतिशत नगद गरी कुल १७।५० प्रतिशत लाभांश वितरण प्रस्ताव गरिएको हो । यसअघि कम्पनीको संचालक समितिले १० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १० प्रतिशत नगद लाभांस गरिकुल २० प्रतिशत लाभांश दिने निर्णय गरेको थियो ।

प्रस्तावित लाभांश राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार