IME Life

जीवन बीमा कम्पनीमा एजेन्सी म्यानेजर कसरी हुने, के छ प्रावधान ?

SPIL
NIC ASIA

काठमाडौँ । बीमा अभिकर्ता जीवन व्यवसायका मेरुदण्ड हुन् । जीवन बीमा कम्पनीको ग्राहक बृद्धि गर्ने प्रमुख माध्यम नै अभिकर्ता हुन् । जीवन बीमा कम्पनीलाई मानिसहरुको पहुँचमा पुर्याउने प्रमुख भुमिका बीमा अभिकर्ताको रहेको हुन्छ । समाजमा छरिएर रहेका आम मानिसहरु समक्ष गई बीमा पोलिसीहरु बिक्री गरी जीवन बीमा कम्पनीको व्यवसाय फस्टाउने मुख्य भुमिका पनि अभिकर्ताहरुको नै हुन्छ ।

नेपालमा एलएसली वा सो सरहको शैक्षिक योग्यता हासिल गरेका व्यक्तिले बीमा अभिकर्ता भई काम गर्न पाउँने प्रावधान रहेको छ । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले तोकेको परिधिभित्र रहि इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले बीमा अभिकर्ताको लाइसेन्स प्राप्त गर्न सक्छन् । बीमा अभिकर्ता बन्न इच्छुक नेपाली नागरिकले कम्पनीले सञ्चालन गरेको तालिममा सहभागी भई अभिकर्ता पेशाको लाइसेन्स लिन सक्छन् ।

Prabhu
Crest

जीवन बीमा कम्पनीहरुले आफ्नो कार्यतालिका अनुसार सूचना निकालि अभिकर्ताको तालिम सञ्चालन गर्ने गर्दछन् । अभिकर्ताको यस्तो तालिम पहिले बीमा समितिले मात्रै दिने गर्दथ्यो । तर अहिले जीवन बीमा कम्पनीहरु आफैले अभिकर्ताको तालिम दिने गर्दछन् ।

अभिकर्ता पेशा बेरोजगार युवाहरुलाई रोजगारी दिने बैकल्पिक माध्यम बन्दै गएको देखिन्छ । बीमा अभिकर्ता पेशा प्रति यूवाहरुको आकर्षण बढ्दै गएको देखिन्छ । बीमा अभिकर्ता बनेर छोटो समयमै राम्रो कमाई गर्न सकिने, पार्ट टाइमको रुपमा पनि काम गरेर मनग्गे आम्दानी गर्न सकिने भएकाले यो पेशा प्रति यूवा पुस्तामा आकर्षण बढेकोअड्कल गर्न सकिन्छ ।

अभिकर्ता पेशामा पनि सामान्य अभिकर्तादेखि अन्य विभिन्न तहहरु रहेका हुन्छन् । यो पेशाको शुरुको तह बीमा अभिकर्ता हो । अभिकर्तालाई कुनै कम्पनीले विजनेश एडभाईजरका रुपमा पनि लिने गरेका हुन्छन् । भने सबै जीवन बीमा कम्पनीमा यो नहुन पनि सक्छ ।

नेपालमा १९ वटा जीवन बीमा कम्पनी सञ्चालनमा रहेका छन् । यी १९ वटै जीवन बीमा कम्पनीमा सामान्य एजेन्सी म्यानेजर हुनका लागि आआफ्नै प्रावधान रहेका छन् । कम्पनीमा अभिकर्ता भईसके पछि कम्पनीले दिईएको टाग्रेट पूरा गर्न सफल अभिकर्ताहरु एजेन्सी म्यानेजर हुन्छन् ।

केही बीमा कम्पनीहरुमा एजेन्सी म्यानेजर बन्न यस्तो प्रावधान छ ?
जीवन बीमा कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीमा एजेन्सी म्यानेजर बन्नका लागि आफ्नै प्रावधान रहेको छ । सर्वप्रथम त अभिकर्ता पेशाको इजाजतपत्र (बीमा अभिकर्ता पेशाको लाइसेन्स) लिनु पर्छ नै । एजेन्सी म्यानेजर हुनका लागि भने सेल्फ कोडमा १ लाख र आफ्नो टिममा ५ जना अभिकर्ताहरु हुनु पर्दछ । ती पाँच जना अभिकर्ताहरुबाट साढे ६ लाख रुपैयाँ प्रिमियम संकलन गरेको हुनु पर्दछ । अथवा सेल्फ कोडमा साढे सात लाख र आफ्नो टिममा ५ जना अभिकर्ता भए पछि उ एजेन्सी म्यानेजरका लागि योग्य हुन्छ ।

सानिमा लाइफको पनि महालक्ष्मी लाइफको जस्तै एजेन्सी म्यानेजर बन्नका लागि आफ्नै प्रावधान रहेको छ । कम्पनीमा आवद्ध सामान्य अभिकर्ताले आफ्नो सेल्फ कोडमा १ लाख ५० हजार रुपैयाँ र आफ्नो टिममा ५ जना अभिकर्ता बनाउँनु पर्दछ । आफ्नो टिममा आवद्ध पाँचै जनाले १ लाख ५० हजार, १ लाख ५० हजार रुपैयाँ प्रिमियम संकलन गर्नु पर्दछ । यो प्रक्रिया पुर्याएका अभिकर्ताहरु एजेन्सी म्यानेजरका लागि सिफारिस हुने गर्दछन् ।

त्यस्तै, यूनियन लाइफ इन्स्योरेन्समा अभिकर्ताले एजेन्सी म्यानेजर बन्नका लागि ५ लाख रुपैयाँ प्रिमिययम संकलन गरेको हुनु पर्दछ । र आफ्नो टिममा ५ जना अभिकर्ता हुनु पर्दछ । ५ लाख प्रिमियम, आफ्नो टिममा ५ जना अभिकर्ता र ५ जना जना अभिकर्ताहरुमध्ये पनि दुई जना अभिकर्ता चाँहि सक्रिय हुनु पर्दछ । कम्पनीले बनाएको यो प्रावधान पुरा गरेपछि अभिकर्ताहरु एजेन्सी म्यानेजरका योग्य हुन्छन् ।

महालक्ष्मी लाइफ, सानिमा लाइफ र यूनियन लाइफमा जस्तै सामान्य एजेन्सी म्यानेजर हुनका लागि एशियन लाइफ इन्स्योरेन्सको पनि आफ्नै खालको प्रावधान रहेको छ । एशियन लाइफमा एजेन्सी म्यानेजरका १२ तह रहेका छन् । पहिलो तहको एजेन्सी म्यानेजर बन्नका लागि भने एशियनमा एक आर्थिक वर्षमा आफु र आफ्नो टिममा ७ लाख रुपैयाँ प्रिमियम संकलन गरेको हुनु पर्दछ ।

त्यस्तै, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले शुरुमा अभिकर्तालाई इन्स्योरेन्स कन्सल्टेन्टका रुपमा लिने गर्दछ । त्यसपछि युनिट म्यानेजर हुँदै सिटिजनले एजेन्सी म्यानेजरका रुपमा नियुक्त गर्ने गर्दछ । युनिट म्यानेजरको २ लाख प्रिमियम पुगेपछि उसले आफ्नो टिममा ३ जना अभिकर्ता बनाउनु पर्दछ । उसको र ती तिन जना अभिकर्ताहरुको गरी ६ लाख प्रिमियम संकलन गरेपछि कम्पनीले एजेन्सी म्यानेजरका रुपमा नियुक्त गर्ने गर्दछ । तर, एजेन्सी म्यानेजरलाई कम्पनीले दिने सेवा, सुविधा पाउनका लागि भने उसले साढे सात लाख रुपैयाँ प्रिमियम संकलन गरेको हुनुपर्दछ ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा भने एजेन्सी म्यानेजर भन्ने पोष्ट छैन् । सामान्य अभिकर्ताबाट इन्स्योरेन्सले विजनेश अफिसर नियुक्त गर्ने गर्दछ । सामान्य अभिकर्ताहरुले ३ लाख रुपैयाँ प्रिमियम संकलन गरेपछि विजनेश अफिसर बन्छन् । विजनेश अफिसरबाट इन्स्योरेन्सले ५ लाख रुपैयाँ प्रिमियम संकलन गर्नेलाई विजनेश म्यानेजर नियुक्त गर्ने गर्दछ । त्यस्तै, इन्स्योरेन्समा चिफ विजनेश म्यानेजर, सिनियर चिफ विजनेश म्यानेजर नियुक्त गर्ने गर्दछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS