बीमा समितिमा रोजगारीको अवसर

Citizen Life Insurance Co

काठमाडौँ । बीमा समितिले विभिन्न ६ पदका लागि कर्मचारी माग गरेको छ । उप निर्देशक (कानून/अधिकृत द्धितीय स्तर), चार्टर्ड एकाउण्टेण्ट (लेखा/अधिकृत द्धितीय स्तर), सहायक निर्देशक (प्रशासन/अधिकृत तृतीय स्तर), सहायक निर्देशक (कानून/अधिकृत तृतीय स्तर), सहायक प्रथम (प्रशासन/सहायक प्रथम स्तर) पदका लागि कर्मचारी माग गरेको समितिले जनाएको छ ।

योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले माघ ५ गतेसम्म आवेदन दिन सक्ने जनाईएको छ । दोब्बर दस्तुर तिरी माघ १२ गतेसम्म आवेदन दिन सकिने छ । उक्त दिन सार्वजनिक बिदा पर्न गएमा सो पछि कार्यालय खुलेको पहिलो दिनसम्म आवेदन दिन सकिने समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार