IME Life

स्पर्श लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्थाको १३ दशमलव ६८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । पुस २७ गते कम्पनीले साधारण सभा बोलाएको छ । कम्पनीले पुस १० गतेदेखी २७ गते सम्म बुक क्लोज गर्दैछ । पुस ९ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न र सभामा भाग लिन पाउने छन् ।

सभा होटल बाराही, लेकसाइड पोखरामा बिहान ११ बजे सुरु हुने जनाएको छ ।

Prabhu
Crest

सभामा अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथाव एक्विजिसनका लागि आवश्यक सम्पूर्ण कार्यहरु गर्न–गराउन सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा पनि छ । कुनै कम्पनीसँग गाभिएपश्चात कायम हुने पुँजीबाट १०० प्रतिशत हकप्रद ल्याउने प्रस्ताव रहेको छ ।

त्यस्तै, राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी कायम भएपश्चात १० जिल्ले कार्यक्षेत्रलाई विस्तार गरी राष्ट्रियस्तरको बनाउने प्रस्ताव पनि छ ।

साथै सभामा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा रहेको छ । लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS