सामुदायिक लघुवित्तले माग्यो ३८ जना कर्मचारी

Citizen Life Insurance Co

काठमाडौँ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पाँच पदका लागि ३८ जना कर्मचारी माग गरेको छ । नायब प्रबन्धक, उप प्रबन्धक, वरिष्ठ सामुदायिक विकास परिचालक, सामुदायिक विकास परिचालक र नायब सामुदायिक विकास परिचालक पदका लागि कर्मचारी माग गरेको लघुवित्तले जनाएको छ ।

नायब प्रबन्धक पदका लागि ४ जना, उप प्रबन्धक पदका लागि २ जना, वरिष्ठ सामुदायिक विकास परिचालक पदका लागि २ जना, सामुदायिक विकास परिचालक पदका लागि ५ जना र नायब सामुदायिक विकास परिचालक पदका लागि २५ जना कर्मचारी माग गरेको जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेका उम्मेद्धवाले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन क्ने लघुवित्तले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार