Prabhu Life Ad Final

वार्षिकोत्सवको अवसरमा सिद्धार्थ बैंकको छुटैछुट, साथमा क्यास ब्याक पनि

IME PAY

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले १७ औं वार्षिकोत्सवको अवजर पारेर आफ्ना ग्राहकहरूको सुविधाको लागि विशेष छुटको योजना ल्याएको छ ।

१७ औं वार्षिकोत्सव (पौष ९ गते), बुधबारलाई लक्षित गरी पौष ९ गतेदेखि माघ १० गते ३१ दिनसम्म विशेष छुटको योजना ल्याएको बैंकले जनाएको छ ।

NCHL

यस योजनामा ग्राहकहरुले दराजमा कार्डमार्फत सामान खरिद गर्दा १५ प्रतिशत सम्म (अधिकतम रू ५००) छुट पाउने बैंकले जनाएको छ ।

त्यस्तै, पहिलो दुई पटक ५०० रुपैयाँ वा सो भन्दा बढि रकमको अनलाइन कारोबार गर्दा ५०० क्यास ब्याक, पहिलो दुई पटक रु ५०० वा सो भन्दा बढि रकमको एइक् मेसिन मार्फत कारोबार गर्दा रु ३८२ क्यास ब्याक पाउने बैंकले जनाएको छ ।

एक महिनाभित्र कम्तिमा तीन पटक गरी कुल १५,००० को एइक मेसिन मार्फत कारोबार गर्दा रु १,००० क्यास ब्याक, बैंक स्मार्टमार्फत पहिलो पटक अधिकतम रु ५०० को मोबाइल टप अप गर्दा २०५ क्यास ब्याक पाईने बैंकले जनाएको छ ।

बैंकले देशभर १७६ वटा शाखा (४ एक्सटेन्सन काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १९५ एटिएम र १,६०० भन्दा बढी पिआएस मेसिन मार्फत उच्चस्तरिय र सहज बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x