समृद्धि फाइनान्सको साधारण सभा पुस २९ गते, बुक क्लोज कहिले ?

Citizen Life Insurance Co

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको अठारौंं साधारण सभा पुस २९ गते हुने भएको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो । सभा होटल सामना हेटौँडा, मकवानपुरमा बिहान १० बजे शुरु हुने जनाएको छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनी दर्ता पुस्तिका पुस २२ गतेदेखि २९ गतेसम्म बन्द हुनेछ ।

साधारण सभाको प्रस्तावमा कम्पनीले हाल कायम चुक्तापूँजीको १ बराबर १ दशमलव २ का दरले २१ लाख ८३ हजार ७६४ कित्ता हकप्रद जारी गर्ने भएको छ ।

साथै, सभामा संस्था र अन्य कुनै बैंक, विकास बैंक, वित्तिय संस्थासँग गाभ्ने गाभिने प्राप्ति गर्ने प्रयोजनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, कम्पनीको रजिष्ट्रर्ड कार्यालय स्थानान्तरण गनलगायतका प्रस्तावहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार