लहानमा हिमालयन बैंकको नयाँ शाखा विस्तार

Citizen Life Insurance Co

काठमाडौं । हिमालयन बैंकले लहानमा पौष ८ गते (सोमबार) देखि नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको समुद्धघाटन बैंकका संचालक समितिका अध्यक्ष मनोज बहादुर श्रेष्ठले गरका हुन् ।

बैंकको शाखा उद्घाट्न गर्दै अध्यक्ष श्रेष्ठले यस नयाँ शाखा कार्यालय मार्फत हिमालयन बैंक लिमिटेडले अत्याधुनिक बैंकिंग सेवा सुविधाका अतिरिक्त स्थानीय सीप र स्रोतको परिचालन गर्ने जानकारी दिए । बैंकको देशभरिमा ६४ वटा शाखा सञ्चालनमा छन् भने चालु आर्थिक बर्षको अन्त्यसम्ममा थप १२ वटा शाखा सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार