IME Life

लायन एयर र इथोपियन एयरलाइन्स दुर्घटनामा दोषी ठहर्याउँदै बोईङका सिईओ बर्खास्त

SPIL
NIC ASIA

काठमाडौं । लगातार दुई जहाज दुर्घटनामा जहाज उत्पादक कम्पनी बोईङको त्रुटी भेटिएपछि उक्त कम्पनीका सिईओ जिम्मेवार ठहर्याउँदै आज बर्खास्त गरिएको छ । बोईङ कम्पनीको बोर्ड बैठकले थाईल्याण्डको लायन एयर र इथोपियन एयरलाइन्सले सञ्चालन गरेको बोईङ ७३७ म्याक्स ८०० जहाज दुर्घटना हुने गरी गम्भिर त्रुटी गरेको अभियोगमा कम्पनीका प्रमुख कार्यकारी डेनिस मुलेनबर्गलाई बर्खास्त गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छन् ।

लायन एयरको पहिलो जहाज दुर्घटनापछि उक्त समस्याको सही रुपमा समाधान गरेको भए दोस्रो दुर्घटना नहुने भन्दै बारम्बार एउटै गल्ती दोहोर्याएको आरोपमा बोर्डको निर्णय अनुसार बर्खास्त गरिएको रोयटर्सले जनाएको छ ।

Prabhu
Crest

डेनिस मुलेनबग सन् २०१५ मा बोईङ कम्पनी प्रमुख कार्यकारीको रुपमा आवद्ध भएका थिए । उनको कार्यकालमा लन्च गरिएको जहाज बोईङ ७३७ म्याक्स ८०० जहाजमा जडान गरिएको स्वचालित रुपमा नोज तल झार्ने प्रणाली सञ्चालनमा आएर जहाज नियन्त्रण विहिन भई जमिनमा बजारिने समस्या देखिएका थिए ।

आकाशमा उडिरहेका जहाजमा एक्कासी यस्तो समस्या आउँदा इथोपियन एयरलाइन्स र लायनको एयरको जहाज दुर्घटनाग्रस्त हुँदा ३४० जना भन्दा बढिको ज्यान गएको थियो । ठूलो रकम बीमा कम्पनीहरुले दावी भुक्तानी दिएको सो काण्डमा कम्पनीले कैयौं मुद्दाका सामना गर्नु परिरहेको छ ।

इथोलियन एयरलाइन्सको जहाज दुर्घटनापछि संसारभर ३७१ वटा बोईङ कम्पनीका जहाज ग्राउण्डेड भएका छन् । यसले सफ्टवेयर फिक्सिंग गर्दैछ र यसको समीक्षा प्रक्रियाहरूको ओभरल्याउड गरेको छ तर कम्पनीको अनुसन्धान गरिरहेका अमेरिकी सांसदहरूले भनेका छन् कि फर्म सफ्टवेयर प्रणाली अविस्वास्नीय हुनसक्छ भनेर सचेत थियो । त्यति हुँदा पनि हतार हतार बजारमा पठाएको आरोप सिईओमाथि लगाइएकोे छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS