Prabhu Life Ad Final

एटिएम ह्याकर खोज्न प्रहरीको छापा, १२२ जना चिनियाँ पक्राउ

IME PAY

काठमाडौं । गत भदौंमा भएको एटिएम ह्याकको ह्याङओभरले प्रहरीलाइ अझै छोडेको छैन । यसै क्रममा एटिएम ह्याकर खोज्न प्रहरीले काठमाडौंका विभिन्न स्थानमा छापा मार्दा १२२ जना चिनियाँहरु पक्राउ परेका छन् । उनीहरु अबैध रुपमा नेपालमा बस्दै आएको साथै नेपालबाट अबैध काम गरेको हुनसक्ने अनुमान गरिएको छ ।

NCHL

गत भदौंमा तिजको मौका पारेर नेप्सको स्वीचिङ नै ह्याक गरी बैंकिङ सिष्टमबाट करोडौं रुपैयाँ चोरी गरेपछि प्रहरीको ध्यान चिनियाँतर्फ केन्द्रीत छ । एटिएम ह्याक काण्डमा सहभागी खोज्ने क्रममा सोमबार प्रहरीले काठमाडौंको बुढानिलकण्ठ, मनमैजु, महाराजगन्ज लगायतको स्थानमा छापा मारेको थियो । अधिकांश स्थानबाट ल्यापटपलगायतका शक्तिशाली विद्युतीय उपकरण बरादम भएको प्रहरीको भनाई छ ।

राजधानीका तीन विभिन्न घरहरुमा छापा मार्दा १२२ जना चिनियाँ नागरिकहरु फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका चिनियाँ नागरिकहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौं मातहतका विभिन्न वृत्तहरुमा राखेर अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x