नबिल बैंकको नयाँ कर्जा योजना सार्वजनिक, अधिकतम ब्याजदर १०.५%

Citizen Life Insurance Co

काठमाडौं । नबिल बैंकले नयाँ कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले सजिलो एक्सप्रेस कर्जा योजना अघि सारेको जनाएको छ । बैंकले सक्षमसँगको सहकार्यमा ऋण योजना सुरु गरेको हो ।

नयाँ स्किम अन्तर्गत ऋणका लागि आवेदन दिएको ३५ घण्टामै बैंकले पैसा उपलब्ध गराउने छ । यसमा अधिकतम ब्याजदर १०.५ प्रतिशत तोकिएको छ । एक वर्ष ब्याजदर परिवर्तन पनि हुने छैन ।

बैंकले ऋण दिनु पहिले ‘क्रेडिट स्कोरिङ मोडेल’ मार्फत ऋण पाउन कतिको योग्य हो होइन भनेर मूल्यांकन गर्नेछ ।

नबिलले स्थापनको ३५ वर्ष पुगेको उपलक्ष्य पारेर ३५ घण्टामै ऋण स्वीकृत गर्ने स्किम ल्याएको हो । हाल सञ्चालनमा रहेको ९३ वटै शाखाबाट ऋण उपलब्ध बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार