IME Life

नेपाल इन्भेष्टमेन्ट बैंकको साधारणसभा पुस २८ गते, पुस १३ गते बुक क्लोज

SPIL
NIC ASIA

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्षको बार्षिक साधारणसभा यही पुस २८ गते गर्ने सूचना प्रकाशित गरेको छ । बैंकको ३३ औं बार्षिक साधारणसभाको मिति आज घोषणा गरेको हो ।

बैंकले पुस २८ गते विहान १०ः०० राष्ट्रियसभा गृह, प्रदर्शनीमार्ग, काठमाडौंमा बैंकको साधारणसभा आह्वान गरेको हो । साधारणसभामा बैंकको चुक्ता पुँजिको १०.५ प्रतिशत बोनस शेयर वितरण गर्ने तथा ८.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश हुने बैंकले आज जारी सूचनामा जनाइएको छ ।

Prabhu
Crest

बैंकले साधारणसभामा मर्जर सम्बन्धी प्रस्ताव समेत लैजाने भएको छ । अन्य वित्तीय संस्थामा गाभ्ने, गाभिने अधिकार सञ्चालक समितिलाई पूर्ण अख्तियार दिने प्रस्ताव समेत आगामी साधारणसभामा लैजाने जनाएको छ ।

बैंकले पुस १४ गतेदेखि वार्षिक साधारण सभा सम्पन्न नभएसम्म शेयर दाखिल खारेज दर्ता बन्द गर्ने सूचनामा जनाएको छ । सूचना अनुसार यही पुस १३ गतेसम्म नेप्सेमा कारोबार भएका शेयरधनीहरुले मात्रै उक्त मुनाफा प्राप्त गर्न सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS