सिभिल बैंकको साधारण सभा सम्पन्न

काठमाडौं । सिभिल बैंकको साधारण सभा सम्पन्न भएको छ । बैंकको नवौँ वार्षिक साधारण सभा अमृतभोग, कालिकास्थान डिल्लीबजारमा सम्पन्न भएको हो ।

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने र गाभिने वा प्राप्ती गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारीलाई दिन प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, ६.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको जनाएको छ । सभामा वार्षिक प्रतिवेदन, नगद, हिसाब तथा नाफा नोक्सानको बारेमा छलफल गरी पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार