IME Life

हिमालयन डिष्टिलरीको साधारण सभा सम्पन्न, १७१% लाभांश पारित

SPIL
NIC ASIA

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडको १७१ दशमलव ०५ प्रतिशत लाभांश पारित भएको छ । कम्पनीको १९औं वार्षिक साधारणसभाले बोनस र नगद गरी १०२.६३ प्रतिशत र अन्तरिम लाभांश ६८.४२ प्रतिशत गरी कुल १७१ दशमलव ०५ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको जनाएको छ ।

कम्पनीका अध्यक्ष अखिलेश्वर प्रसाद सिंहको सभापतित्वमा सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट ५२.६३ प्रतिशत नगद र ५० प्रतिशत वोनस शेयर प्रस्ताव पारित गरेको हो ।

Prabhu
Crest

हिमालयन डिष्टिलरी लिमिटेडले आ.व. २०७५।०७६ मा अघिल्लो वर्षको तुलनामा २३ प्रतिशतको वृद्धि सहित ६ अर्ब ४४ करोड ११ लाख रुपैयाँको संचालन आम्दानी हासिल गरेको छ । त्यस्तै अघिल्लो वर्षको तुलनामा ८२.६५ प्रतिशतको वृद्धि सहित ५३ करोड ७० लाख रुपैयाँको खुद मुनाफा आर्जन गरेको छ

हिमालयन डिष्टिलरी लिमिटेडले कारखानामा प्रत्यक्ष रुपमा ३०० भन्दा वढिलाई रोजगारी प्रदान गरिरहेको छ । कारखानामा उर्जासह–उत्पादन हुने प्रविधि जडान हुनका साथ साथै उच्च स्तरीय प्रदुषण नियन्त्रण प्रणाली(इफ्ल्युएन्ट ट्रिटमेन्ट प्लान्ट)समेत जडान गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS