IME Life

पुस १४ गतेदेखि कुमारी बैंकको ३० लाख इकाई ऋणपत्र निष्काशन हुने

SPIL
NIC ASIA

काठमाडौं । कुमारी बैंकले पुस १४ गतेदेखि ३० लाख इकाई ऋणपत्र निष्कासन गर्ने भएको छ । यसमध्ये १२ लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थाहरुलाई बिक्री गर्ने जनाएको छ ।

ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याज पाइनेछ । कुमारी बैंकले १० वर्ष अवधिको ‘कुमारी बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र बिक्री गर्न लागेको हो ।

Prabhu
Crest

रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ दिएको हो । यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ ।

लगानीकर्ताले पुस १७ गतेसम्म यसमा आवेदन दिन पाउनेछन् । उक्त अवधिमा सबै ऋणपत्र बिक्री नभएमा माघ १४ गतेसम्म आवेदन दिन पाइनेछ । कुमारी बैंकको ऋणपत्रमा प्रतिइकाई १ हजार रुपैयाँको दरले आवेदन दिनुपर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS