Prabhu Life Ad Final

शिखर इन्स्योरेन्सले हकप्रद निष्काशन गर्न पायो ग्रेड ३ रेटिङ्ग

IME PAY

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको हकप्रद निष्काशनको लागि ग्रेड ३ रेटिङ्ग पाएको छ । कम्पनीको चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले ’इक्रा एनपी आईपीओ ग्रेड ३ प्लस रेटिङ्ग प्रदान गरेको हो।

NCHL

कम्पनीकले हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ। कम्पनीले १० बराबर ३ अनुपातमा प्रति शेयर १०० अंकित मूल्यका ३१ लाख ७१ हजार ९ सय ३२ कित्ता हकप्रद निष्काशन गर्न बोर्डमा निवेदन दिएको हो। धितोपत्र बोर्डबाट अनुमति पाएपछि कम्पनीको हकप्रद शेयर बिक्रीमा आउनेछ। कम्पनीको गत साउन २८ गते सम्पन्न १४ औैं वार्षिक साधारण सभाबाट हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित भएको थियो। कम्पनीको बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटल रहेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड रहेको छ। हकप्रद बिक्री पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ३७ करोड ४५ लाख पुग्नेछ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x