IME Life

चेतना हुनेले पनि गर्दैनन् जीवन बीमा

SPIL
NIC ASIA

काठमाडौं । बीमा जोखिम व्यवस्थापनको एक महत्वपूर्ण औजार हो । बीमितले आफ्नो जीवन, सम्पति वा दायित्वमा पर्नसक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्तरण गर्ने प्रक्रिया नै बीमा हो । जीवन बीमा खर्च नभई जोखिम व्यवस्थापन र भविष्यका लागि बचत पनि हो । जीवन बीमा व्यापार मात्रै नभएर सेवा र बचत दुवै हो ।

नेपालमा १९ वटा जीवन बीमा कम्पनीका हजारौं बीमा अभिकर्ताहरु बीमा साक्षरता प्रवाहका लागि खटिइरहेका छन् । तर, पनि बीमाको पहुँच बल्लतल्ल २५ प्रतिशत जनतामा मात्रै सीमिति छ । देशको कूल साक्षरता ६५ प्रतिशत भन्दामाथि भएको अवस्थामा पनि २५ प्रतिशत जनतामा मात्रै बीमा सम्बन्धी चेतना छ भनेर भन्न मिल्ने अवस्था देखिदैन । त्यसो भए बीमाका बारेमा पर्याप्त जानकारी भएका नागरिकहरुले समेत बीमा नगरेको नै हो त ? प्रश्न उठ्छ ।

Prabhu
Crest

यस विषयलाई लिएर कुनै स्वतन्त्र अध्ययन तथा सर्वेक्षण गरिएको छैन । अनौपचारिक तथ्याङ्क अनुुसार बीमाबारेमा चेतना भएका मानिसहरु नै बीमाबाट परपर भाग्ने गरेका छन् । बीमा कम्पनीहरुका लागि सबैभन्दा चुनौतिको विषय हो ।

मानिसहरुको भविष्य अनिश्चित छ । भविष्यमा जोखिमहरु कति बेला आउँछ कसैलाई थाहा हुदैन् । मानिसले जीवनमा जुनसुकै समयममा पनि सोच्दै नसोचेको जोखिमहरुको सामना गर्नुपर्ने हुन्छ । मानवीय जीवन अमूल्य छ, त्यसैले बीमाकै माध्यमबाट जीवन र आफ्नो सम्पतीको सुरक्षा गर्दा बाँचेका अवस्थामा आफू र कुनै कारणवश मृत्युवरण गरेको अवस्थामा आफ्ना सन्ततीका लागि समेत जीवन बीमाले आर्थिक सुनिश्चितता प्रदान गर्दछ ।

बीमाले भविष्यमा पर्नसक्ने सम्भावित जोखिमहरुलाई केही हदसम्म रक्षावरण गर्नेगर्दछ । जोखिमसहितको बचत हुनुको नाताले बीमा र बैंकको बचतमा ठूलो भिन्नता छ । अहिले बैंकहरुमा पैसा राख्ने र झिक्नेहरु घण्टौ पसिना काढ्दै लाईनमा बसेको देख्न सकिन्छ । तर बीमा कम्पनीहरुमा बीमा गराउदा बानेश, म्याचुरीटि भुक्तानी तथा भविष्यमा पर्न सक्ने जोखिमको समेत रक्षवरण हुने कम्पनीमा मानिसहरुको चासो कम देखिन्छ ।

यद्यपी बैंकमा मात्रै रकम थुपार्दा जोखिम बहन बलियो हुँदैन भन्ने कुरा बुझेकाहरुले पनि बीमातर्फ आकर्षण हुन नसक्नु हाल समग्र बीमा क्षेत्रको मुख्य चुनौतिको विषय बनेको छ ।

पछिल्लो समय नेपालमा बीमाको पहुँच बढ्दै गएको छ । हाल नेपालमा बीमाको पहुँच २५ प्रतिशत पुगेको तथ्यले बीमा क्षेत्रमा सकारात्मक सुधार भइरहेको देखाउँछ । सबै लाई थाहा छ बीमाको अभावमा हुने जोखिम र बीमा गर्दाको फाइदा तर, चेतना हुनेले पनि किन गर्दैनन् बीमा भन्ने जिज्ञाशाको विषय बनेको छ ।

नागरिक आर्थिक रुपमा सम्पन्न नहुनु, बेरोजगारी समस्या हल नहुनु इत्यादि अन्य कारण चेतना भएका मानिसले बीमा नगरेको हुन सक्दछ । न्यून आय भएका जनताको लागि लघु बीमा कार्यक्रम पनि सञ्चालन भएका छन् । तर, बीमाबारेमा पर्याप्त प्रचार प्रसार हुन नसकेको सन्दर्भमा लघु बीमाको सम्बन्धमा पनि देशव्यापी रुपमा प्रचार प्रसार अभियान सञ्चालन गर्नुपर्ने देखिन्छ । बीमाको दायरा बढाउन बीमा शिक्षा भएका नागरिक लक्षित अभियान चलाउन सके जीवन बीमाको पहुँच अझै बृद्धि हुने आशा गर्न सकिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS