IME Life

कृषि बीमामा किसानको आकर्षण बढ्दै, एक करोडबाट सुरु भएको अनुदान ७५ करोडको उचाईमा

SPIL
NIC ASIA

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७०/०७१ बाट सुरु गरेको कृषि अनुदानबाट किसानहरुले ठूलो लाभ लिएका छन् । किसानहरु बाली तथा पशुपंक्षी बीमामा आकर्षित हुने क्रम तीव्र गतिमा रहेको तथ्याङ्कले देखाएको छ । बाली तथा पशुपंक्षी बीमाका लागि सरकारले सुरुवाती वर्ष जम्मा एक करोड ७० लाख खर्च गरेकोमा छ वर्षसम्म आईपुग्दा उक्त अनुदान ७० करोडभन्दा बढि हुन पुगेको छ ।

नेपाल सरकारले कृषि बीमामा अन्तर्गत ७५ प्रतिशत अनुदान दिने व्यवस्था गर्दै किसानलाई सहुलियत दिएपछि बाली तथा पशुपंक्षी बीमातर्फ किसानको आकर्षण तीव्र भएको हो ।

Prabhu
Crest

बीमा समितिको तथ्याङ्क अनुसार ६ बर्षको अवधिमा कृषि अनुदान रकम पनि बढ्दै गएको छ । समितिको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७०।७१ मा १ करोड ७० लाख २४ हजार रुपैयाँ कृषि अनुदान दिएको थियो भने आ.व २०७१।७२ मा १२ करोड ५ लाख ७३ हजार रुपैयाँ, आ.व २०७२।७३ मा २० करोड ९० लाख ५८ हजार रुपैयाँ, आ.व २०७३।७४मा ३१ करोड ९४ लाख ४३ हजार रुपैयाँ, आ.व २०७४।७५ मा ४३ करोड ७ लाख ८३ हजार रुपैयाँ र चालु आर्थिक बर्षसम्म आईपुग्दा ७५ करोड ३५ लाख ६९ हजार रुपैयाँ कृषि अनुदान दिएको छ ।

पछिल्लो बर्षको तथ्याङ्क हेर्ने हो भने निर्जिवन बीमा कम्पनीहरुले कृषि बीमा अन्तर्गत १ लाख १६ हजार ८ सय ५८ वटा पोलिसी बिक्री गरी २२ अर्ब ९ करोड ४८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । गत बर्षको सोहि अवधिमा कम्पनीले १ हजार ९ सय ३५ वटा बीमालेख जारी गरी ६१ करोड ४० लाख २८ हजार रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका थिए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS