ग्लोबल आइएमई बैंकद्धारा बीमा दाबी भुक्तानी

काठमाडौं । ग्लोबल आइएमई बैंकले सवारी दूर्घटनामा मृत्यु भएका विराटनगरस्थित अञ्जलीकुमारी माझीको परिवारलाई ५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

नवरत्न कर्मचारी बचत खाता खोली कारोबार गर्ने विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टी स्पेस्यालिटी हस्पिटलमा कार्यरत माझीका परिवारलाई प्रदेशका सहायक प्रदेश प्रमुख सुजन श्रेष्ठ र न्यूरो कार्डियो एण्ड मल्टी स्पेस्यालिटी हस्पिटलका अध्यक्ष डा। वीरेन्द्रकुमार बिष्टले सयुक्तरुपमा रकम हस्तान्तरण गरेका थिए ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवामार्फत् आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार