IME Life

जीवन बीमा गर्दा कालोधन नरहेको प्रमाणित गर्नुपर्ने, लागू भयो नयाँ नियम

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमा गर्दा बीमत स्वयम्ले कालोधन नभएको प्रमाणित गर्नुपर्ने नयाँ व्यवस्था लागू भएको छ । १९ वटै बीमा कम्पनीहरुले बीमा गराउँदा बीमित स्वयम्बाट सम्पत्ति शुद्धिकरण नियम अनुसारको विवरण भरेर हस्ताक्षर गराउन सुरु गरेको छ ।

बीमा क्षेत्रमा सम्पत्ति शुद्धिकरण सम्बन्धी प्रावधान केही अघिदेखि नै लागू भएको भएपनि सम्पत्ति शुद्धिकरण सम्बन्धी विवरण लेखेर हस्ताक्षर गर्नुपर्ने नियम लागू भने भर्खरै सुरु भएको हो । नेशनल लाईफ इन्स्योरेन्सले आफ्ना अभिकर्ता तथा जिल्लास्थित सबै शाखा प्रमुखहरुलाई सम्पत्ति शुद्धिकरण सम्बन्धी १० पृष्ठ लामो निर्देशिका नै पठाएर कार्यान्वयनमा ल्याएको छ ।

Prabhu
Crest

त्यस्तै, एलआईसी इन्स्योरेन्सले पनि बीमिति स्वयम्लाई कालोधन नभएको प्रमाणित गर्नुपर्ने व्यवस्था लागू गरेको छ । नयाँ तथा पुराना गरी १९ वटै जीवन कम्पनीहरुले सम्पत्ति शुद्धिकरण सम्बन्धी प्रावधान राखेर बीमित स्वयम्लाई हस्ताक्षर गराउन थालिएको हो । बीमितले आफूसँग कालोधन नभएको र कुनै पनि छानविन गर्न चाहेमा आफ्नो मन्जुरी रहेको भन्ने व्यवहोरामा हस्ताक्षर गराउने गरिएको छ ।

त्यस्तै, नेपाल लाईफले पनि कालोधन प्रशोचन हुन नदिन आवश्यक बीमा गर्दा बीमितिलाई नै कालोधन नरहेको स्वघोषणा गर्नुपर्ने व्यवस्था लागू गरिसकेको छ । बीमा समितिले सम्पत्ति शुद्धिकरण विभागकै अधिकारीहरुलाई सहभागी गराएर गत कार्तिक ७ गते ४० वटै बीमा कम्पनीका जिम्मेवार अधिकारीहरुलाई बोलाएर कालोधन रोक्ने प्रावधान लागू गर्ने सम्बन्धमा आवश्यक निर्देशन दिएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS