Prabhu Life Ad Final

जीवन बीमाको व्यापार बृद्धिमा पुराना कम्पनीकै दवदवा, नयाँको व्यापार कति ?

IME PAY

काठमाडौं । चालु आर्थिक वर्ष २०७६।७७ को पहिलो त्रैमासको वित्तीय विवरणको आधारमा ३ महिनाको अवधिसम्ममा १९ वटा जीवन बीमा कम्पनीले २४ अर्ब ९० करोड रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेका छन् ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनानमा जीवन बीमा व्यवसाय ६५ प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा जीवन बीमा कम्पनीले १५ अर्ब १२ करोड रुपैयाँ मात्र कूल बीमा शुल्क आर्जन गरेका थिए । गत आर्थिक वर्षको भन्दा कुल बीमा शुल्क आर्जन ९ अर्ब ७८ करोड रुपैयाँले बृद्धि भएको छ ।

NCHL

बीमा शुल्क बृद्धि भएको आधारमा नयाँ १० वटा जीवन बीमा कम्पनीले पुराना नौ वटा जीवन बीमा कम्पनीको दवदवा चिर्न नसकेको तथ्याङ्कले देखाएको छ ।

पुराना कम्पनीको व्यवसाय
१९ जीवन बीमा कम्पनीमध्ये ९ वटा पुराना जीवन बीमा कम्पनीले गत आर्थिक वर्षका सोही अवधिको तुलनामा जीवन बीमा व्यवसाय ६० प्रतिशतले बढेको हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २२ अर्ब ८० लाख रुपैयाँ कूल बीमा शुल्क  आर्जन गरेका छन् भने गत आर्थिक वर्षको सोही अवधिमा १३ अर्ब ७३ करोड रुपैयाँ मात्र कुल बीमा शुल्क आर्जन गरेका थिए । पुराना कम्पनीले समीक्षा अवधीमा आठ अर्ब २७ करोड रुपैयाँ कुल बीमा शुल्क बढाउन सफल भएका छन् ।

नयाँ कम्पनीको व्यवसाय
१९ वटा जीवन बीमा कम्पनीमध्ये १० वटा नयाँ जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको ३ महिनामा २ अर्ब ८९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरुले एक अर्ब ३९ करोड रुपैयाँ मात्र कुल बीमा शुल्क आर्जन गरेका थिए । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नयाँ जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन १०८ प्रतिशतले बढी हो। नयाँ कम्पनीले समीक्षा अवधीमा एक अर्ब ५० करोड रुपैयाँ कुल बीमा शुल्क बढाउन सफल भएका छन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x